
|
|
बागलुङ —बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनको निर्वाचनमा जयराम भारी विजयी भएका छन् । निर्वतमान महासचिब भारीले अध्यक्षका प्रत्यासी धु्रवराज गौतमलाई पछि पार्दै विजयी भएका हुन् ।भारीले ४सय ८७ मत प्राप्त गरेर विजयी भएका हुन् । गौतमले ४४२ मत प्राप्त गरेका छन् । भारीले ४५ मत अन्तरले विजयी भएका हुन् ।
सदस्य पदमा जयराम भारी प्यानलबाट सात र ध्रुवराज गौतम प्यानलबाट सात गरी १४ जना निर्वाचित भएका छन् । महिला सदस्यमा सम्झना कँडेल र अर्चना पालिखे विजयी भएका छन् । कँडेलले ४सय ९६ र पालिखेले ३ सय ९६ मत प्राप्त गरेकी छिन् । त्यसै गरी लक्ष्मी शाक्यले ३ सय ९४ , मनमाया श्रेष्ठले ३ सय ५६ मत प्राप्त गरेका थिए । त्यसै गरी उद्योग सदस्यमा हेम बहादुर खत्री र प्रकाश आचार्य विजयी भएका छन् । खत्रीले ५ सय ३४, आचार्यले ५सय १ मत प्राप्त गरेका थिए । त्यसै गरी राजन कुमार शाक्यले ४सय ४७ र निलेश राजभण्डारीले ३ सय ५४ मत प्राप्त गरेका छन् ।
त्यसै गरी सदस्यमा सबैभन्दा धेरै मत ५५४ मत ल्याएर उमाकान्त शर्मा विजयी भई सदस्यतर्फ मेन अफ द इलेक्सन भएका छन् ।
सदस्यका विजेताहरु
उमाकान्त शर्मा—५५४
उमेश के.सी—५३१
दीपक हमाल—५२५
कमल श्रेष्ठ—५२३
राज कुमार श्रेष्ठ—५१८
अर्जुन चोखाल—५०३
दयाराम पौडेल—४७२
शशिकपुर श्रेष्ठ—४६४
शिव प्रसाद कँडेल—४४९
पूर्ण बहादुर के.सी.—४३४
विदेश कुमार श्रेष्ठ—४२५
नरेश कँडेल—४२१
सञ्जय कुमार श्रेष्ठ—४११
अर्जुन घिमिरे—४०६

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

