
|
|
धन आर्जन र सहवासबीच कस्तो सम्बन्ध होला ? धेरै मानिसहरुको के धारणा छ भने सहवास र धन आर्जनसँग कुनै सम्बन्ध हुँदैन । तर पछिल्लो अध्ययनले भने यो कुरालाई गलत सावित गर्दै धेरै सहवास गर्ने मानिसले धेरै पैसा कमाउने तथ्य पत्ता लगाएको छ ।
बेलायतको एन्जिला रस्किन विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कम्तिमा पनि हप्तामा ४ पटक सहवास गर्ने मानिसले सहवास कम गर्ने मानिसले भन्दा बढि पैसा कमाउँछन् । पेशा र शैक्षिक योग्यतामा ध्यान नदिने हो भने नियमित सहवास गर्ने मानिसले कार्यस्थलमा पाउने तलब वा ज्याला अर्थात् कमाउने पैसा सहवास कम गर्ने मानिसको भन्दा बढि हुने गरेको शोधकर्ताहरुको निष्कर्ष छ । शोधकर्ताहरुका अनुसार सहवास अर्थात् शारीरिक सामिप्यताको अभावले व्यक्तिको मथिंगलमा महत्वपूर्ण प्रभाव पार्छ । त्यसैले कार्यसम्पादनमा बढोत्तरी गर्न र मथिंगललाई स्थिर बनाउन मानिसलाई प्रेम र सहवास आवश्यक पर्छ ।
यसको अभावमा मानिसहरु एकान्तवासी, सामाजिक रुपमा निरास तथा डिप्रेसनको सिकार समेत हुने र त्यसले उनीहरुको कार्यसम्पादनमा असर पूराएर स्वतः कम कामका कारण कम ज्याला पाउने शोधकर्ता डाक्टर निक ड्राइडाकिस बताउँछन् ।
शोधका क्रममा २६ देखि ५० वर्ष उमेर समूहका साढे ७ हजार मानिसमा अध्ययन गरिएको थियो । यसमा एकल मानिस तथा समलिंगी जोडी समेत सहभागी गराइएको थियो । उनीहरुलाई आफ्नो स्वास्थ्य, यौनिक क्रियाकलाप, रोजगारीको अवस्था तथा कमाइको बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा के पाइयो भने जो मानिस हप्तामा कम्तिमा पनि ४ पटक सहवास गर्थे उनीहरुले त्यसभन्दा कम सहवास गर्ने मानिसले भन्दा ५ प्रतिशत बढि धन कमाउँथे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

