
|
|
भलै यो सुन्दैमा अजीब लाग्दछ र हाँसो उठ्छ तर भारतको नयाँदिल्ली पुलिस अहिले तीन गर्भवती बाख्रीसँगै फरार भएको एउटा बोकोको खोजतलासमा जुटेको छ ।
यो घटना साउथ डिस्ट्रिक्ट इलाकाको फतेहपुरीको हो र हालै त्यहाँ त्यस्तो घटना भएको छ ।
पुलिसले भने यसलाई चोरीको घटना भनेको छ । अर्थात् बोकाले बाख्रीहरु अपहरण गरेर भागेको नभै बाख्री र बोका दुबैलाई चोरले चोरेर लगेको ठहर पुलिसले गरेको छ । पुलिसको सइ तहका अधिकारी यो गर्भवती बाख्री तथा बोको हराएको घटनाको छानविनमा खटिएका छन् ।
स्थानीय नफिस नामका किसानले घरमा पालेका बोको र बाख्रीहरु एकसाथ हराएका हुन् । बाख्री र बोकालाई सधैझैँ घरबाहिरको खोरमा थुन्ने गरेको तर एक दिन बिहान ४ बजे उठेर हेर्दा सबै बाख्रीहरु तथा बोका गायब भएपछि आफुले पुलिसलाई खबर गरेको उनी बताउँछन् ।
हराएका बाख्रा तथा बोकाको हुलिया लिएर पुलिस अहिले खोजतलासमा जुटेको भारतीय मिडियाले जनाएका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

