Home » » कुरा मिलेको छ, अब छिट्टै नाकाबन्दी खुल्छ : उपप्रधानमन्त्री रावल

कुरा मिलेको छ, अब छिट्टै नाकाबन्दी खुल्छ : उपप्रधानमन्त्री रावल

काठमाडौं, ७ पुस । उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले मुलुकको राजनीति सहजतातर्फ उन्मुख भएको भन्दै छिट्टै नाकाबन्दी लगायत आपूर्ति व्यवस्था सहज हुने बताउनुभएको छ । उहाँले सबैतिरबाट कुरा मिल्दै आएको संकेत गर्नुभयो । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री रावलले पछिल्ला राजनीतिक वार्ता र सम्वाद सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । 

‘नाकाबन्दी र यो आपूर्ति असहजता छिट्टै हट्छ’, उहाँले भन्नुभयो, ‘वार्ता र सम्वादहरू सकारात्मक रुपमा अगाडि बढेको छ । सरकार मुलुकलाई राजनीतिक निकास दिन सधै क्रियाशील छ ।’ भारतले तीन बुँदे सरकारी निर्णयको स्वागत गरेकोमा धन्यावाद दिनुभएका उपप्रधानमन्त्री रावलले राजनीतिक विषयलाई नेपालभित्रै समाधान खोजिने बताउनुभयो । भारतले नेपालप्रति देखाएको चासोलाई उहाँले छिमेकीको सदासयता मात्रै भएको बताउनुभयो । तराईका पाँच जिल्लाका विषयमा उहाँले अहिले पनि पुरानै अडान दोहराउनुभएको छ । ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको सीमाङ्कनमा हेरफेर हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यहाँको जनता मिलेर बस्न चाहन्छन् भने अरुलाई किन टाउको दुःखाइ ?’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}