
|
|
भारतको एउटा अदालतले गत फेब्रुअरीमा एकजना नेपाली महिलाको बलात्कारका लागि दोषी ठहर गर्दै ७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
उत्तरी हरियाणा राज्यबाट २८ वर्षीया ती महिला हराएको बेला मानसिक रोगबाट पीडित थिइन र स्थानीय एउटा अस्पतालमा उनको उपचार चलिरहेको थियो।
तीन दिनपछि उनको शव खेतमा भेटिएको थियो।
पोस्टमार्टम रिपोर्टले उनको सामूहिक बलात्कार गरिएको र निर्मम रुपले कुटपीट गरी हत्या गरिएको देखाएको थियो।
‘सशक्त सन्देश’
अदालतको फैसला सुनाउँदै महिला न्यायाधीशले जनताहरुमा एउटा सशक्त सन्देश पुर्याउन चाहेको बताइन।
न्यायाधीश सीमा सिंघलले भनिन, “यो घटनाका सबै आरोपीहरुलाई म मृत्युदण्डको सजाय सुनाउँदछु, सबैलाई झुण्याइयोस्।”
न्यायिक अधिकारीबाहेक आफूपनि एक मानव भएको भन्दै ती न्यायाधीशले आफूले पीडितको चित्कार सुन्न सक्ने बताइन।
उनले थपिन, “हाम्रो समाजमा महिलाहरुले अझै पुरुषबाट अपराध र विभेदको सामना गरिरहेका छन्, लैङ्गिक विभेद अझै कायम छ तर फैसलाले मानिसहरुमा एउटा सशक्त सन्देश पुर्याउनुपर्छ र त्यो अहिलेको आवश्यकता हो।”
भारतको सर्वोच्च अदालतले तीन वर्षअघि राजधानी दिल्लीको एउटा बसमा एकजना छात्राको सामूहिक बलात्कार र हत्याको घटनामा दोषी ठहर गरिएका एक नाबालक अपराधीको रिहाइविरुद्ध परेको अपीललाई खारेज गरेकै दिन उक्त आदेश आएको हो।
हरियाणा घटनाका आठौँ आरोपीमाथि नाबालकसम्बन्धी मुद्दा हर्ने अदालतमा सुनुवाई हुँदै आएको छ।
पक्राउ परेपछि नवौं आरोपीले आत्महत्या गरेका थिए।
बलात्कारपछि हत्या गरिएकी महिला घटना हुनु केही महिनाअघि आफ्नी दिदीकहाँ गएकी थिइन, जहाँको एउटा अपस्तालमा उनको उपचार भईरहेको थियो।
पोस्टमार्टम गरेका डाक्टरले आफ्नो २९ वर्षे कार्यकालमा त्यस्तो डरलाग्दो स्थितिको सामना नगरेको एनडी टिभीलाई बताएका छन्।
यो घटनाका सबै आरोपीहरुलाई म मृत्युदण्डको सजाय सुनाउँदछु, सबैलाई झुण्याइयोस्
सीमा सिंघल, न्यायाधीश

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

