Home » » अाफ्नै फिल्म किन हेरेनन नायक दयाहाङ राईले

अाफ्नै फिल्म किन हेरेनन नायक दयाहाङ राईले

दयाले हेरे ७१ दिनमा फिल्म
काठमाडौं- अभिनेता दयाहाङ राई पछिल्लो समय यति धेरै व्यस्त भए कि उनले आफूद्वारा अभिनित फिल्म 'वडा नम्बर ६' नै हेर्न पाएका थिएनन्। उनले शुक्रबार प्रदर्शनको ७१ औं दिनमा मात्र उक्त फिल्म हेरे।

शुक्रबार साँझ 'वडा नम्बर ६'को 'सक्सेस पार्टी'मा दयाहाङले मञ्चबाटै भने, 'लगातार सुटिङका कारण फिल्म हेर्न भ्याएको थिइनँ, आज बल्ल अवसर जुट्यो।' उनी पछिल्लो दुई महिना फिल्म 'ह्वाइट सन'को सुटिङमा काठमाडौंबाहिर थिए।
उज्ज्वल घिमिरेद्वारा निर्देशित, दीपकराज गिरी, दीपाश्री, धुर्मुस, माग्नेबुढा, जितु नेपाललगायतले निर्माण गरेको 'वडा नम्बर ६'ले गोपीकृष्ण हलमा ७१ औं दिन मनाएको हो। यसअघि ५१ औं दिन र १०० दिन मनाउने चलन भए पनि फिल्म युनिटले ७१ औं दिन मनाएका छन्।
कार्यक्रममा फिल्म निर्माण समूहले फिल्ममा काम गरेका प्राविधिकलाई बोनस पनि वितरण गर्योऔ। फिल्मका कलाकारले चाहिँ ट्रफी हात पारे। फिल्मका लागि रातदिन खट्ने प्राविधिकलाई अरुले बिर्सने गर्छन् तर आफूले उनीहरुको श्रमको कदर गर्न खोजेको दीपकराज गिरीले बताए।
दिउँसो भएको विशेष प्रदर्शनीमा प्रचण्ड, माधवकुमार नेपाल लगायत नेताले पनि फिल्म हेरेका थिए। साँझको 'सक्सेस पार्टी'मा फिल्म युनिटलाई बधाई दिँदै कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको प्राविधिक तथा कलात्मक पक्षको तारिफ गरे।
कार्यक्रममा निर्देशक उज्ज्वल घिमिरे, अभिनेत्री प्रियंका कार्की, कलाकार राजाराम पौडेल, जितु नेपाल, विल्सनविक्रम राई, केदार घिमिरे लगायतले फिल्मसँग जोडिएका अनुभव सुनाएका थिए।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}