Home » » यौन जिज्ञासा् र समाधान => पहिलो संभोग गरे लगत्तै दोस्रो संभोग गर्न खोज्दा किन पुरुष उत्तेजित हुन सक्दैन ?

यौन जिज्ञासा् र समाधान => पहिलो संभोग गरे लगत्तै दोस्रो संभोग गर्न खोज्दा किन पुरुष उत्तेजित हुन सक्दैन ?

लिंग दोस्रो पटक किन उत्तेजित नभएको ? तपाईंलाई पक्कै थाहा भएको हुनुपर्छ कि मानव यौन प्रतिक्रिया चक्रको सन्दर्भमा मानव शरीर चारवटा मुख्य चरणबाट गुज्रन्छ। ती चरण १. Excitement Phase (उत्तेजनाको चरण), २. Plateau Phase, ३. Orgasm Phase (चरमसुखको चरण) तथा ४. Resolution Phase हुन्। Excitement Phase लाई निरन्तरता दिए दोस्रो चरण Plateau Phaseमा पुगिन्छ। यो चरणलाई पनि निरन्तरता दिइए व्यक्ति चरमसुखको चरणमा पुग्छ। यही चरणमै वीर्य स्खलन हुन्छ। त्यसपछि बिस्तारै पूर्व अवस्थामा र्फकने चरणलाई Resolution Phase भनिन्छ। 

आधारभूत रूपमा उस्तै भए पनि महिला र पुरुष यौन प्रतिक्रिया चक्रमा हुने भिन्नतामध्ये एउटा refractory period हो। महिलाले एउटै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै नै सामान्य अवस्थामा र्फकन्छन्, तर यसमा एउटा आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि सामान्य अवस्थामा र्फकन लागेकी महिलालाई पुनः उत्तेजित बनाई चरमसुखको स्थितिमा लान सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू Refractory Period मा जान्छन्। उक्त अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक-फरक हुन सक्छ, जुन केही मिनेटदेखि कैयौं घण्टासम्मको हुन सक्छ। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको कारण यही हुनसक्छ। तपाईंले यो Refractory Period पछि यौन क्रियाकलाप सुरु गर्नु भए यस किसिमको समस्या पर्दैन। यो एउटा स्वाभाविक प्रक्रिया हो। यसमा अनावश्यक रूपमा उपचार गर्न खोज्नुले केही फाइदा गर्दैन। डा राजेन्द्र भद्रा यौन जिज्ञासा र समाधान |

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}