Home » » कालोकोट लगाएर आउने वकिलबाट मुद्दा चलाउने बहानामा महिला, युवतीको आर्थिकदेखि यौन शोषणसम्म

कालोकोट लगाएर आउने वकिलबाट मुद्दा चलाउने बहानामा महिला, युवतीको आर्थिकदेखि यौन शोषणसम्म

काठमाडौं । राज्यले न्यायको काम सुम्पिएका काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका न्यायकर्मी युवतीसँग जबर्जस्ती यौनसम्पर्क राखेको र अन्य लाभ लिएको आरोपमा फसे भने अनौठो नमाने हुन्छ । अध्यागमन विभागमा कार्यरत मुद्दा शाखाका अधिकृत यसअघि अवैध कागजात प्रयोग गरी विदेश आउजाउ गरेको आरोपमा हिरासतमा रहेकी सुन्दरीसँग जबर्जस्ती यौनसम्बन्ध कायम गरेको पाइएपछि जागिर गुमाउनेमा परेका थिए । नक्कली कागजातका आधारमा विदेशबाट फर्किएका युवती अचेल अध्यागमनका कर्मचारीको जबर्जस्तीमा पर्न छाडे पनि सरकारी वकिलको नजरबाट भने बच्न नसक्ने अवस्थामा पुगेका हुन् ।

अहिले काठमाडौं जिल्ला सरकारी कार्यालयका प्रमुख लोकराज पन्थी छन् । उनले वैदेशिक रोजगार व्यवसायी, वैदेशिक रोजगार विभाग र अध्यागमनका कर्मचारीको मिलेमतोमा नक्कली कागजात बनाएर उडाएका कामदारलाई दोहोरो मुद्दा लगाएर हैरान बनाएका छन् । विदेश जाँदा पैसा खुवाएर सबैको मिलेमतोमा उडे पनि फर्कंदा तिनै कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले कागजात नक्कली भएको भनी उनीहरूलाई छाड्दैनन् ।
अवैध कागजातसहित पक्राउ परेका सबैलाई अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा राखी जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दायर गरिन्छ । यसपछि दोषीलाई जिल्ला सरकारी वकिलको कार्यालयले नै अध्यागमनको मागबमोजिम कैद र जरिवानाको माग गरी जिल्ला अदालतमा मुद्दा अघि बढाउँछ । फैसला हुँदा यी सबैलाई कैद र जरिवाना तोकिन्छ । तर, जब सरकारी वकिल कार्यालयले उसले चलाएको मुद्दा जित्छ र दोषीलाई सजायको फैसला पनि हुन्छ, लगत्तै फेरि किर्तेको अर्को मुद्दा खडा गरी पीडितलाई फेरि प्रहरी हिरासतमा पठाउँछ ।

एउटै दोषमा लोकराज पन्थीको रुचिमा दोहोरो मुद्दा चलाउने प्रक्रिया अघि बढ्दा उनीहरूलाई प्रहरीले थुन्ने र फेरि सरकारी वकिलले बयान लिने कार्य सुरु हुन्छ । हालसम्म लोकराजले यसरी दोहोरो मुद्दा चलाएका सबैले जिल्ला अदालतबाट सफाइ पाएका छन् । तैपनि, यो क्रम भने रोकिएको छैन । किन ? यस सम्बन्धमा जनआस्थासँग पीडित युवती भन्छिन् निकै व्यक्तिगत कुरा सोधेर हैरान पार्छन् । पैसा माग्छन् र मोबाइल नम्बर पनि लगेर फोनमा अन्तरंग सम्बन्धको प्रस्ताव घुमाउरो भाषामा राख्छन् ।
यसरी लोकराजको योजनामा सरकारी वकिलले तामाङ, सुनुवार, दलित सुन्दरी युवतीलाई मुद्दा चलाउने बहानामा आर्थिकदेखि यौन शोषणसम्म गर्ने गरेको अर्की युवतीले बताइन् ।

दोहोरो मुद्दा खेपेकी एक जनजाति युवती भन्छिन्– उनीहरूले सोध्ने प्रश्न नै हतास र निराश बनउने निकै व्यक्तिगत हुन्छन् । विदेशमा कति बस्यौबाट सुरु गरेर के के गर्‍यो, कसरी गर्‍यो, कति पैसा दिए ? वा गरेको छ कि छैन ? ग¥यौ होला नि ? बयानका नाममा यस्ता कुरा सोधेपछि के जवाफ दिने र कसरी दिने ? उनको दुखेसो छ । आफैँले तिरेको करबाट तलब–भत्ता खाएर कालोकोट लगाएर आउने वकिलबाट यस्ता हैरानी व्यहोर्ने युवतीको संख्या दर्जनौँ छ । तर न उनीहरू यसबारे कतै उजुरी गर्न सक्छन् न त कतै खुलेर बताउन नै !

किन दोहोरो मुद्दा ?
जिल्ला सरकारी वकिल कार्यालयबाट सरुवा भएर अन्त गएका एक वकिल भन्छन् संविधानको धारा २० को उपधारा ६ को न्यायसम्बन्धी हकविपरीत यसरी चलाइने मुद्दाको मुख्य उद्देश्य पैसा असुल गर्ने र सकेसम्म चाहेको अन्य लाभ हासिल गर्ने नै हो । अध्यागमनको मागबमोजिम कैद र सजाय भोगिसकेका युवती फेरि हनुमानढोकाको हिरासतमा रही सरकारी वकिलका हतास बनाउने बयान सामना गर्नुको सट्टा केही दाम चढाएर उम्कन खोज्छन् । आफ्ना सबैखाले चाहना पूरा गरेपछि सरकारी वकिल र लोकराजले जिल्ला अदालतमा दोहोरो मुद्दा दायर गर्न प्रक्रिया अघि बढाइदिन्छन् । तर, हालसम्म उनले चलाएका सबै यस्ता मुद्दा जिल्लाले खारेज गरिदिएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}