Home » » युवराजले दिए ओलीलाई धम्की

युवराजले दिए ओलीलाई धम्की

१७ पुस, काठमाण्डौं ।

नेकपा (एमाले) भित्र एक जना यस्ता मान्छे छन्, जो आफूलाई राज्यका सबै पदमा पुग्नै पर्ने र कमाउ धन्दा चलाउनै पर्ने मनसाय राख्छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष उनैलाई चाहिन्छ । नेपाल राष्ट्र बैंकको गभर्नर उनैलाई चाहिन्छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष फेरि उनै बनेका छन् । ती व्यक्ति हुन् डा. युवराज खतिवडा । उनी यतिखेर आयोगको उपाध्यक्ष छन् । उनी गभर्नर पनि भए, एमालेका लागि भन्दै उनले लखनऊ लूट समेत मच्चाए । संविधानसभाको दोस्रो निर्वाचनमा पदको दुरूपयोग गरेर उनले खड्ग ओलीलाई रु.१ करोड रूपैयाँ चुनाव खर्च भनेर उपलब्ध समेत गराए ।


अख्तियार दुरूपयोग अनुसन्धानले छानबिन गर्ने मेसो पाएपछि अख्तियारका केही हाकिमलाई बोलाएर उनले रकम नै दिएर थामथुम समेत पारे । यतिखेर उनै ओलीको कृपाले खतिवडा आयोगको उपाध्यक्ष बनेका छन् ।

पछिल्लो पटक ओलीले मनलाग्दी तवरले मन्त्रिपरिषद् विस्तार गरेपछि उनै खतिवडा आफूलाई अर्थमन्त्री बनाउनु प¥यो । अर्थसम्बन्धी ‘अ’ समेत थाहा नभएका विष्णु पौडेलसँग मेरो हाइट मिलेन भन्दै उनले मन्त्री बनाउन र नबनाए राजीनामा दिने भन्दै धम्की दिएका छन् ।

संविधानको संक्रमणकालीन व्यवस्था अनुसार नै आफूलाई मन्त्री बनाउनुपर्ने खतिवडाको बालहठ देखिएको छ । उनले प्रधानमन्त्री रहेका ओलीलाई मन्त्री बनाउने भए बनाऊ होइन भने छारस्ट गर्छु भन्दै धम्की दिने गरेका छन् ।

एक एमाले नेताका अनुसार प्रम ओलीसँग उनको पछिल्लो भेटका अवसरमा म उपाध्यक्ष छाड्छु अर्को एमालेलाई बनाऊ भन्दै अर्थमन्त्री बनाउन भनेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}