
|
|
काठमाडौं, १६ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबैको नजरमा छाएका छन् । फरक यति छ कि कसैले राम्रो नजरले हेर्छन् त कसैले खराब । हाल नाकाबन्दीका कारण आम नेपालीले उनलाई खराब नजरबाट हेर्न थालेका छन् । यसैगरी असहिष्णूतालाई प्राथमिकता दिएको, मुश्लीम धर्मलाई भेदभाव गरेको भन्दै विश्वकै कुख्यात आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)को खराब नजरमा पनि मोदी परिसकेका छन् । यति हुँदाहुँदै पनि फेरि मोदी अर्काे आतंकवादी संगठनको खराब नजरमा पर्न सफल भएका छन् । भारतीय राष्ट्रिय सुरक्षा एजेन्सीका अनुसार नयाँ वर्षमा पाकिस्तान नजिक मानिने आतंकवादी संगठन लश्कर–ए–तैयबा देशका महत्वपूर्ण स्थलहरुमा हमला गर्नसक्छ । भारतीय पत्रिका अमर उजालामा प्रकाशित समाचार अनुसार लश्करको प्रमुख निशानामा मोदी परेका छन् । खुफिया एजेन्सीको रिपोर्ट भन्छ- प्रधानमन्त्री मोदी र संसद भवनमाथि लश्करले आँखा लगाएको छ । यहाँ कुनैबेला पनि अप्रिय घटना हुनसक्छ ।
यसै साता मोदी पाकिस्तान भ्रमणमा गएपछि रिसले मुरमुरिएको लश्करले मोदीमाथि नै आक्रमण गर्ने योजना बनाएको रिपोर्टमा उल्लेख छ । भारतले शासन गरिरहेको जम्बू कश्मिर स्वतन्त्रताका लागि लडिरहेको लश्करलाई पाकिस्तानले पनि अनौपचारिक रुपमा सहयोग गरेको बताइन्छ । लश्करका लडाकुहरु भारतको परमाणु संस्थानहरुमा र सेनाको मुख्यालयमा पनि हमला गर्नसक्छन् । सुरक्षा एजेन्सीले जारी गरेको अलर्टमा भनिएको छ– लश्करका १८ आतंकवादी लडाकु सीमा पार गरेर देशमा घुसिसकेका छन् । र उनीहरु जुनसुकै बेला पनि हमला गर्न सक्छन् । रिपोर्टका अनुसार सबै आतंकवादी लडाकु भारतमै छन् । मोदीको केन्द्र सरकारले सबै राज्यमा कुनै पनि प्रकारको आतंकवादी वा तोडफोडको कारवाही विफल पार्नका लागि अलर्ट रहन निर्देशन दिएको भोलिपल्टै सुरक्षा एजेन्सीले आफ्नो रिपोर्टमार्फत यस्तो खुलासा गरेका हुन् । उनीहरुले उक्त रिपोर्टलाई गृह मन्त्रालयमा बुझाएका छन् । नयाँ वर्षको अवसरमा लोकप्रिय पर्यटकीय स्थलमा पनि हमला हुनसक्ने दाबी गरिएको छ । खुफिया एजेन्सीहरुले राष्ट्रिय स्तरमा नै निर्देश जारी गरेर सबै राज्यका भीडभाड हुने क्षेत्रमा थप पुलिस फोर्स तैनाथ गर्न भनेको छ । रेलवे स्टेशन, टर्मिनल, बजारहरु र धर्मिक स्थलहरुमा विशेष निगरानी गर्न आदेश गरेको छ । भारतका मुख्य सहर दिल्ली, मुम्बई, कोलाकाता, चेन्नई, बंगलौर, हैदराबाद र गोवा जस्ता सहरहरुमा प्रहरीलाई सर्तक बस्न भनिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

