Home » » देशलाई कुनै पनि हालतमा काँक्रो चिरेझै चिर्न नदिनेः नेता ज्ञवाली

देशलाई कुनै पनि हालतमा काँक्रो चिरेझै चिर्न नदिनेः नेता ज्ञवाली

गैरराज्यबाट संचार माध्यमहरु खतरामा

– सुधासुमन ढकाल दाङ, १६ पुस । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले देशलाई कुनै पनि हालतमा काँक्रो चिरेझै चिर्न नदिने बताएका छन् । दाङको घोराहीबाट ८ बर्ष अघि प्रकाशित हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको नबौं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले देशलाई चिर्ने र जातीय राज्य किमार्थ पनि स्वीकार गर्न नसकिने बताउँदै एमालेको वटम लाइन यो नै भएको बताए । सबैभन्दा लामो आन्दोलन हुने ठाउँका नागारिकले नै सबैभन्दा बढी दुःख पाएको भन्दै मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएको बताए । मान्छेलाई जिउँदै आगो लगाउने, एम्बुलेन्स तोडफोड गरेर आफनो चरित्र उदांगो पारेको बताए । अर्को प्रसंगमा ज्ञवालीले गैरराज्यबाट संचारमाध्यमहरु खतरामा रहेको बताए । 

उनले तराईमा रेडियो, पत्रपत्रिकाले सत्य कुला बोल्न नसकेको बताए । आन्दोलनकारी पक्षको धम्की, डर त्रासका कारण त्यहाँका संचारमाध्यमले बास्तविक कुरा बोल्न नसकेको बताए । नेपालको नयाँ संविधानले पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै त्यसलाई अधिकतम रुपमा सदुपयोग गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय समाचारको बजारीकरण बढ्दै गएको भन्दै एउटा गरिबले खान नपाएर मरेको भन्दा पनि महिलाको अर्धनग्न तस्विर र समाचारहरु छापिनुले त्यसलाई पुष्टि गरेको उनले दाबी गरे । त्यसकारणले पनि आर्थिक, समाजिक, क्षेत्रका कुरालाई जोडदार रुपले उठाउनुपर्ने ज्ञवालीले बताए । नेपाल ठूलो संकटबाट गुज्रिराखेको बताउँदै, नेता ज्ञावलीले संवेदनशील र संयोजनकारी भूमिका निर्भाह गर्न पत्रकारलाई आग्रह गरे । अहिले व्यक्ति केही पक्षहरु समाजिक सद्भाव खलबल्याउन उद्धत रहेको चर्चा गर्दै उनले छन्– जातजाति, धर्म–धर्म, भुगोल–भुगोलबीच अविश्वास पैदा गर्ने काम भइरहेका भन्दै संवेदनशील भएर जनताको वास्तविक अधिकार स्थापित गर्न लाग्न आग्रह गरे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}