Home » » परराष्ट्र मन्त्रालयले भारतलार्इ दियो चेतावनी - आइन्दा झापाको घटना नदोहोरियोस

परराष्ट्र मन्त्रालयले भारतलार्इ दियो चेतावनी - आइन्दा झापाको घटना नदोहोरियोस

काठमाडौं : सरकारले हतियारसहित नेपाली भूमिमा सीमा सुरक्षा बल (एसएसबी) छिरेको घटनालार्इ गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन भारतलार्इ सचेत गराएको छ ।  परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती निकालेर नेपाली भूमिमा भारतीय फौज हतियारसहित छिरेको घटनाप्रति गम्भीर चासो देखाउँदै भारतलार्इ सचेत गराएको हो । 

परराष्ट्रले झापाको केचना गाउँ विकास समिति-४ को खुट्टा मुनीमा हतियारसहित छिरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलार्इ आइतबारै एसएसबीको किसनगन्जस्थित १२ औं बटालियनलार्इ बुझाइएको पनि जनाएको छ । 

आइतबार बिहान ७ बजे अन्तर्राष्ट्रिय कानुन मिच्दै हतियारसहित एसएसबीका १३ जवान छिरेपछि नेपालको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान गरेको थियो ।  करिब ८ घन्टासम्म हिरासतमा लिइएका उनीहरुलार्इ भारतीयपक्षले अबका दिनमा यस्ता घटना नदोहोर्‍याउने जनाएपछि भारतीय अधिकारीलार्इ जिम्मा लगाइएको थियो । 

परराष्ट्रले एसएसबीका १३ जना नेपाल छिरेको घटनाबारे काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतीय विदेश मन्त्रायलार्इ सचेत गराउँदै पत्र पठाइएको जनाएको हो । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}