Home » » सिमाङकन मिलाउदा बागलुङ टुक्राउने प्रचण्डको प्रस्ताब

सिमाङकन मिलाउदा बागलुङ टुक्राउने प्रचण्डको प्रस्ताब

बागलुङ–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमांकनको विवाद मिलाउन बागलुङ जिल्ला टुक्रिने गरी आठ प्रदेशको विकल्प अघि सारेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सीमांकनको विवाद मिलाउन केही प्रदेशको सीमांकनमा हेरफेर र आठौं प्रदेश निर्माणको प्रस्ताव गरेका हुन । जसमा प्रदेशको सीमांकन हेफेर र आठौं प्रदेश निर्माणको विकल्प उल्लेख छ । गएको तीन महिनादेखि आन्दोलनरत मधेस केन्द्रित दलले तराई मधेसको भूभागलाई दुई वटा प्रदेशमा समेट्नुपर्ने माग गरिरहेका बेला प्रचण्डको आठ प्रदेशको प्रस्ताव आएको हो ।
मुख्य विवाद रहेका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई केन्द्रमा राखेर प्रचण्डले नयाँ प्रस्ताव ल्याएका छन् ।
अहिलेको राजनीतिक समस्या समाधानका लागि प्रस्तावित प्रदेश नम्बर ५ मा कैलाली र कञ्चनपुरको थारु बाहुल्य क्षेत्रलाई पनि समावेश गर्नु पर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।
अहिले प्रदेश नम्बर ५ मा रहेका पाल्पा, गुल्मी, अर्घाखाँची रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाएर प्रदेश नम्बर ४ मा राख्नु पर्ने प्रचण्डको प्रस्ताव छ ।
प्रदेश नम्बर १ मा झापा, मोरङ, सुनसरी तीन वटै जिल्ला र त्यसका सम्पूर्ण भाग राखिएकोमा त्यसलाई परिमार्जन गर्नु पर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

प्रचण्डको प्रस्तावका आठ प्रदेशमा कुन कुन जिल्ला ?
–झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर(केही भाग अर्को प्रदेशमा) र सिरहा रहेको प्रदेश ।
–इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, भाजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा रहेको प्रदेश ।
–दोलखा, रामेछाप, सिन्धुली (केही भाग अर्को प्रदेशमा), काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं उपत्यकाका तीन जिल्ला, धादिङ, चितवन र मकवानपुर (केही भाग अर्को प्रदेशमा) रहेको प्रदेश ।
–धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुरको केही भाग, सिन्धुलीको केही भाग र उदयपुरको केही भाग रहेको प्रदेश ।
–गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ, बाग्लुङ (केही भाग अर्को प्रदेशमा) र नवलपरासी (केही भाग अर्को प्रदेशमा) रहेको प्रदेश ।
–रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुम (केही भाग अर्को प्रदेशमा), दाङ, बाँके, बर्दिया, कैलाली (केही भाग अर्को प्रदेशमा), कञ्चनपुर (केही भाग अर्को प्रदेशमा) तथा बाग्लुङ र नवलपरासीको केही भाग भएको प्रदेश ।
–डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, कालिकोट र रुकुमको केही भाग भएको प्रदेश ।
–बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा तथा कैलाली र कञ्चनपुरको केही भाग भएको प्रदेश
झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश बनाउन सकिने प्रचण्डले उल्लेख गरेका छन् । अहिलेको २ नम्बर प्रदेशबाट सिरहा र सप्तरीलाई झिकेर त्यसमा पर्सादेखि धनुषासम्मका जिल्ला र मकवानपुर, सिन्धुली, र उदयपुरका चुरे क्षेत्रलाई समावेश गर्न सकिने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।त्यसो हुन नसकेमा भाषिक, सांस्कृतिक सामिप्यता रहने मोरङ र सुनसरीको दक्षिण पश्चिमी क्षेत्रलाई प्रदेश नम्बर २ मा राख्न सकिने प्रचण्डको प्रस्ताव छ ।
एजेन्सीको सहयोगमा
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}