Home » » पर्समा यी कुरा कहिल्यै नराख्नुस्, अशुभ हुन्छ :थाहा पाई राखौ

पर्समा यी कुरा कहिल्यै नराख्नुस्, अशुभ हुन्छ :थाहा पाई राखौ

अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ ।
तर पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।
बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।

पर्समा राख्न हुने राख्न हुने र नहुने चिज
पर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।
पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।
पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।
पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।
पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ । - नेपालीहेडलाईनस  

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}