Home » » गाँउ नै प्रहरीलाई जिम्मा लगाएर वसाँइ सरे घुन्सावासी

गाँउ नै प्रहरीलाई जिम्मा लगाएर वसाँइ सरे घुन्सावासी

ताप्लेजुङ -ताप्लेजुङको हिमाली क्षेत्रमा पर्ने पर्यटकीय वजार घुन्साका वान्सिदा पुषको जाडो छल्न अन्यत्र लागेका छन । स्थानीय वासिन्दा त्यहाँवाट वाहिरिएपछि सिगोे रित्तिएको वजार सुरक्षार्थ चारजना प्रहर्रीलाई अहोरात्र खट्नुपर्ने जिम्वेवारी आइपरेको छ ।
हिमपातका कारण वढेको जाडो छल्न उनीहरु मध्ये केहि राजधानी काठमाण्डौ केहि सदरमुकाम फुङलिङ र वाँकी नजिकैको फले भन्ने स्थानमाम वसाई सारेका हुन । होटल व्यवसाय र पशुपालन गर्दै आएका घुन्सावासी मंसिर अन्तिमदेखि पुष पहिलो सातासम्ममा आ आफ्ना घरका झ्याल ढोका लगाएर जाडो झल्न अन्यत्र लागेपछि त्यहा स्थापित प्रहरी चौकीमा कार्यरत प्रहरीलाई चुनौती पनि थपिएको छ ।
गर्मी चढेपछि फर्कन्र्छौ,हाम्रो सम्पती सुरक्षा गरिदिनुस भन्दैै स्थानीय हिँडे, दिँउसो रित्तो गाँउ र वन क्षेत्रको गस्ती गर्नु र राती चनाखो भएर सुत्नु हाम्रो दिनचर्या वनेको छ । –सिमा प्रहरी चौकी घुन्साका इन्चार्ज रमेश राईले भने ।

हिजोआज त्यसक्षेत्रमा अत्यन्तै चिसो वढेको छ । गाँउले हिँडेपछि त्यहाँ उत्पादित लघु जलविद्युत वन्द गरिएको छ भने चिसोकै कारण चौकीमा रहेको एसटिएम फोन पनि चल्न छोडिसेको छ, हिँउ जमेर पाइप टालिएकाले पानी पनि आँउदैन । –उनी थप्छन । विश्वको तेस्रो हिमाल कञ्चनजंघाका लागि नेपाल सहित विभिन्न मुलुकवाट आउने पर्यटक पनि चिसो वढ्न थालेसँगै फर्किइ सकेकाले पुनः पर्यटकको सिजन शुरु हुन्जेलसम्मका लागि घुन्सावासी वसाई सारेका हुन । जाडो सिजनमा घुन्सावासी मध्ये केहि होटल व्यवसायी सदरमुकाम फुङलिङ र ताप्लेजुङ तथा पशु पालकहरु फले भन्ने स्थानमा वसाई सरेकाले आफुहरुले प्रहरीलाई गाँउ जिम्मा लगाइएको घुन्साका चुम्दाक सेर्पाले वताँउछन ।
उनका अनुसार विगत वर्षहरुमा पनि घुन्सावासी मंसिर अन्तिमदेखि माघ दोस्रो सातासम्म प्रहरीलाई गाँउ छोडेर अन्यत्र जाने गर्थे । ३ हजार ४ सय मिटर उचाई रहेको घुन्सामा ६१ घरधुरी छन । यातायात सुविधा नजोडिएको घुन्सामा दैनिक उपभोग्य वस्तु पनि सदरमुकामवाट भरियालाई वोकाएर लैजानु पर्छ, प्रहरीले ६ महिनासम्मका लागि चामल,नुन,तेल जस्ता दैनिक उपभोग्य वस्तुसँगै आलुसम्म भण्डारण गरेको छ । विद्युत वन्द भएपछि टेलिफोन समेत चल्न छाडेकाले कँहि कतै सम्पर्क गर्नुपरे ३ घण्टा धाएर फले भन्ने स्थानसम्म पुग्नु प्रहरीको अर्को वाद्यता हो । चिसो वा अन्य कारणले विरामी परेहाले तत्काल उपचारका पाँइदैन,त्यो वेला हेलिकोप्टर र नसके वोकाएरै लानुको विकल्प हुन्न । प्रहरीहरु भन्छन ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}