Home » » नेपालका प्रधानमन्त्रीले भारतलाई लोप्पा खुवाएको भन्दै भारतीय मिडियामा चर्चा

नेपालका प्रधानमन्त्रीले भारतलाई लोप्पा खुवाएको भन्दै भारतीय मिडियामा चर्चा

पुस - प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जान लागेकोे भन्दै भारतका मिडियामा चर्चा चलेको छ।
नेपाल र चीनको विषयमा निकै चासो राख्ने भारतीय मिडियाले नेपालमा नयाँ प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने परम्परालाई तोड्दै ओली चीन भ्रमणमा जान लागेका विषयलाई उच्च स्थान दिएका छन्।
नेपाल र चीनको सम्बन्धलाई लिएर केही सानो कुरा पाएपनि लेखिहाल्ने र सकेसम्म त्यसलाई बङ्याएर उल्टो भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियाले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर निकै सनसनी फैलाइरहेका हुन्।

भारतको एक चर्चित मिडिया नवभारत टाइम्स लेख्छ, ‘मधेसीको विषयमा भारत–नेपाल गतिरोधका बीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमणका लागि छिट्टै नै चीन जाने भएका छन्। परम्परागत रुपमा त्यहाँका प्रधानमन्त्री सबैभन्दा पहिले भारतको भ्रमण गर्ने गर्थे ।’
ओलीको सो भ्रमण नेपालको नयाँ प्रधानमन्त्रीले पालना गर्ने परम्पराको उल्टो भएको समेत समाचारमा जनाइएको छ । नेपालको प्रधानमन्त्री बनेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मात्र पहिलो पटक चीन भ्रमण गरेको प्रशंग जोड्दै भारतीय मिडियाले भारतले प्रचण्डलाई नेपाललाई चीनको नजिक लाग्न खोज्ने व्यक्तिको रुपमा लिने गरेको बताएका छन्।
नेपाल र चीनबीच इन्धन सम्झौतामा हस्ताक्षर गर्न ओली २०१६ मा भारत भ्रमण जाने बताउँदै भारतीय मिडियाले सो क्रममा दुई देशबीच विविध विषयमा सम्झौता हुने लेखेका छन्।
मंगलबार चीनको एक हप्ते भ्रमण सकेर उपप्रधानमन्त्री कमल थापा लगायतको टोली नेपाल फर्किएको प्रशंग उठाउँदै थापाले चीन भ्रमणका क्रममा विभिन्न प्रस्तावहरु पेश गरेको र प्रधानमन्त्रीको भ्रमणको क्रममा त्यसमा हस्ताक्षर हुने भारतीय मिडियाले लेखेका छन्। समाचारमा भारतसँग नजिक भएका मधेसीले लामो समयदेखि तराई मसमा नाकाबन्दी गरेको उल्लेख छ।
भारतीय चर्चित पत्रिका Tha economictimes.com मा प्रकाशित समाचार हेर्न लिंक

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}