
|
|
बागलुङ— नेपाली कांग्रेस,बागलुङले १३ औँ जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न तयारी समिति गठन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस,बागलुङका सभापति प्रकाश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले भारतले लगाएको नाकावन्दीको बिरोध सहित मुलुकमा देखिएको पेट्रोलियम पदार्थको अभाब, बजारमा बढ्दो कालाबजारीप्रति चिन्ता व्यक्त गर्दै तत्काल समाधानको लागि पहल गर्न पनि आग्रह गरेको छ ।
भूकम्पले पीडित बनेका जनतालाई राहात बितरण गर्न सरकार उदासिन भएको, कालाबजारी नियन्त्रण गर्न चासो नदिएको र कुटनीतिक ढंगले मुलुकमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन देखिएको भन्दै नेपाली कांग्रेस बागलुङले तत्काल मुलुकमा देखिएका जटिलता हल गर्न आग्रह गरेको पार्टी सभापति पौडेलले जानकारी दिए ।
बैठकले सभापति प्रकाश शर्मा पौडेलको संयोजकत्वमा ५सय १ सदस्यीय मुल तयारी समिति, कोषाध्यक्ष लालप्रसाद घर्तीको संयोजकत्वमा २५ सदस्यीय आर्थिक व्यवस्थापन समिति, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति, जिल्ला कार्य समितिकी महिला विभाग प्रमुख पार्वती आचार्यको संयोजत्वमा मञ्च व्यवस्थापन, अतिथी सत्कार र भूपु सैनिक संघका हरि बहादुर भण्डारीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन भएको कांग्रेसका सचिब ओमकार थापाले जानकारी दिए ।
अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि जिल्लादेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्ता परिचलान गर्ने निर्णय भएको कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले जानकारी दिए । पार्टी भित्रका सवै तहका नेता कार्यकर्तालाई आर्थिक सहयोग गर्न पनि आग्रह गरेको काबा अध्यक्ष उपाध्यायले बताए । बैठकले जिल्लाको विकास निर्माणमा मुख्य योजनालाई प्राथमिकताका साथ अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
गाउँ र नगर अधिवेशन आगामि माघ १५ गते , क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते गर्न नेपाली कांग्रेस केन्द्रीय समितिले यस अघिनै निर्देशन दिएको छ ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

