
|
|
केदार शर्मा बागलुङ– नियमित पठनपाठनको माग गर्दै वागलुङको जैदी गाविसमा रहेको संस्कृत उच्च माविका बिद्यार्थीहरुले तालाबन्दि गरेका छन् । करिव दुई महिनादेखी लेखा बिषयको शिक्षण नभएको, अर्को शिक्षक नियुत्त गर्ने बिषयमा बिद्यालय प्रसासनले चासो नदिएको , उमाबिमा तहमा लेखा जस्तो गम्बिर बिषय समालेका एक जिम्बेबार शिक्षकले बिद्यायार्थिको जिबनमा खेलबाड गरि २ महिना सम्म लगातार बिद्यायालयमा अनुपस्थित हुनु तथा बिद्यालयमा नियमित पठपाठन नभएको भन्दै कक्षा १ देखी १२ सम्मका बिद्यार्थीहरुले तालाबन्दि गरेको जनाइएको छ ।
लेखा बिषयका शिक्षक कुल प्रसाद शर्मा उमेरहदका कारण डेढ महिना अगाडी बिद्यालयबाट वाहिरिए पछि कक्षा ११ र १२ का बिद्यार्थीहरुले लेखा ,व्यबसायिक अध्यान र बजार शास्त्र बिषय पढ्न नपाएको बिद्यार्थी ओमकार पौडेलले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालय वागलुङबाट नयाँ शिक्षक नियुक्तिको आदेश नपाए पछि नयाँ शिक्षक राख्न नसकिएको बिद्यालयका प्रधानाध्यापक अरुणकुमार चालिसेले बताउनुभयो ।
यता जिल्ला शिक्षा कार्यलयले भने शिक्षक शर्मालाई आगामि आईतबार सम्मका लागि आँफना कागजात भए जिल्ला शिक्षामा पेश गर्ने समय दिएको र नभए आईतबार आर्को नयाँ शिक्षक नियुक्तिको आदेश पाउने प्रधानाध्यापक अरुणकुमार चालिसेले जानकारि दिनु भएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

