Home » » कमल थापाले बेइजिङमा भने- चिनियाँ पर्यटकलाई भिसा नचाहिने बनाउछौं

कमल थापाले बेइजिङमा भने- चिनियाँ पर्यटकलाई भिसा नचाहिने बनाउछौं


१० पुस, काठमाडौं ।

बेइजिङ भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले चीनलाई नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन आग्रह गर्दै चिनियाँ पर्यटकलाई नेपालमा भिसा लगाउनु नपर्ने ब्यवस्था गर्ने आश्वासन दिएका छन् ।

चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न गराएको सचेतना सूचना हटाएपछि नेपालले पनि चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमणको ब्यवस्था गरिने आश्वासन दिएको हो ।

बेइजिङमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले कमल थापाको भ्रमणलाई ऐतिहासिक उपलब्धीको भनेर चर्चा गरेका छन् ।

यस अघी नेपालमा भारतीय पर्यटकलाई मात्र भिसा नलगाइ आउन सक्ने सुविधा छ । अव भने चीनका नागरिक पनि नेपालमा भिसा नलगाइ भ्रमणका लागि आउन सक्ने ब्यवस्था गरिने प्रतिबद्धता नेपाल सरकारले जनाएको हो ।

बेजिङमा नेपाल र चीनबीच आठ बुँदे सहमति भएको छ। चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्रि कमल थापा र चिनियाँ विदेशमन्त्री वाङ ञीको उपस्थितिमा नेपाल र चीनबीच महत्वपुर्ण सहमति भएको हो।

८ बुँदै सहमतिमा भएका केहि बुँदालाई लिएर यो सहमतिलाई महत्वपुर्ण मानिएको हो। सहमतिको चौथो बुँदमा चीन र नेपालबीच दीर्घकालिन रुपमा तेल र ग्यासको व्यापार गर्ने कुरा उल्लेख छ। इन्धन संकट समाधान गर्न नेपाललाई सघाउने सहमति पछि जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल र चीनबीच ८ बुँदै महत्वपुर्ण सहमति
यसै गरि ६० वर्षमा नेपाल–चीन सम्बन्ध घनिष्ठ रुपमा अगाडि बढेको र अर्को वर्ष प्रधानमन्त्री तहको उच्च भ्रमण आदानप्रदान गर्ने सहमती भएको छ। यसै गरि सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने सहमतिको पनि भएको छ।

प्रचण्डको आग्रह ठाकुर र यादवद्वारा अस्वीकार

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}