Home » » सुतीसुती मोटोपना घटाउने ५ उपाय

सुतीसुती मोटोपना घटाउने ५ उपाय

कुशल श्रेष्ठ

कोही मान्छै चाहेर पनि मोटाउन सक्दैनन् भने कोही चाहेर पनि दुब्लाउन सक्दैनन्! त्यसमाथि झन् मोटो मान्छेहरू दुब्लाउनको लागि त धौधौ नै पर्छ। सँधैको मर्निङ् वाक र कडा व्यायाम गर्दा गर्दै थाकिसकिन्छ, तैपनि मोटोपना घट्दैन, हैरान नै भइन्छ। अझै भएन भनेर कतिले त मोटोपना घटाउने औषधी पनि प्रयोग गरिराखेका हुन्छन्, तर के त्यसो गर्नु उचित हो त?

तर, अब चिन्ता नगर्नुहोस्! मोटोपन घटाउने सजिला तरिका पनि छन्।

युनिभर्सिटी अफ आयोवा (University of Iowa) का अनुसन्धानकर्ताहरूले गरेको एक खोजबाट शरीरको आहारनलीमा भएका ब्याक्टेरियाहरू अस्वस्थ भएमा मोटोपना बढ्ने तथ्य पत्ता लागेको छ। यस्तै अर्को एक खोजबाट, सुत्ने तरिका र समयमा मूल्याङ्कन गर्दा पनि ५५ प्रतिशतले मोटोपना घट्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए। “हाम्रो आहारनलीमा भएका केही ब्याक्टेरियाहरूले पाचनप्रक्रियालाई परिवर्तन गरेर, इन्सुलिन प्रतिरोधात्म बनाउँदछ अनि भोक लगाउने हरमोनहरूलाई निस्क्रिय बनाउँदछ र मोटोपना घटाउनमा मद्दत पुर्याउँदछ।”, चिकित्सक ‘नेहा चन्दना’ले भने- “हामी सुतेको बेला हाम्रो शरीरमा मर्मत सम्भार कार्य भइरहेको हुन्छ। हो त्यतिबेला नै यी ब्याक्टेरियाहरूले काम गर्ने उचित समय हुन आउँछ।”

उक्त खोजको अनुसार कसरत नगरी सुतीसुती मोटोपना घटाउने केही उपायहरू यस प्रकार रहेका छन्ः

१. रातिको खाना चाँडै खानुहोस्-
राति शरीरलाई जति चाँडै आराम दियो, त्यति नै बढी शरीरमा मर्मतसम्भार हुने गर्दछ। त्यसैले रातिको खाना पनि चाँडै खानुहोस् अनि कम्तीमा पनि १ घण्टापछि मात्र सुत्नुहोस्।

२. दैनिक खानामा मासु समावेश गर्नुहोस्-
धेरैजसो मासुहरूमा एमिनो एसिड पाइने गर्छ, जसले हाम्रो शरीरमा भएका निन्द्रा लगाउने हर्मोनलाई सक्रिय बनाउँदछ। थोरै मात्र खाएपनि केहि घण्टा बढी निन्द्रा लगाउने क्षमता हुन्छ यो एसिडमा! त्यसैले आफ्नो दैनिक आहारमा थोरै भएपनि मासु मिसाउने विज्ञहरूको सल्लाह रहेको छ।

३. मरिच चपाउने बानी बसाल्नुहोस्-
१\२ दाना मरिच चपाउँदा पनि शरीरमा भएका बोसोहरू पगाल्दछ। त्यसैले खानामा मरिच मिसाउँदा पनि राति सुतेको बेला शरीरका बोसोहरू पगाल्नमा टेवा पुग्दछ।

४. प्रशस्त प्रोटिनको आहार गर्नुहोस्-
सुत्नुभन्दा अगाडि प्रोटिनयुक्त खानेकुराहरू खाँदा पनि पाचनप्रक्रिया सहज र छिटो हुने गर्दछ। हामीले खाएको प्रोटिनलाई पचाउनको लागि क्यालोरीको जरुरत पर्दछ। त्यसैले प्रोटिनको मात्रा बढी भयो भने त्यसले त्यति नै क्यालोरीलाई घटाउँदछ, जसले मोटोपना घटाउन सहयोग गर्दछ।

५. सुत्ने कोठालाई चिसो बनाइराख्नुहोस्-
चिसो तापक्रमले हाम्रो शरीरमा भएका ‘ब्राउन फ्याट’ (brown fat) को कार्यमा सुधार आउँदछ। ब्राउन फ्याट यस्तो किसिमको बोसो हो जसले पेटमा लागेको सेतो बोसोलाई पगालेर शरीर न्यानो बनाउने काम गर्दछ। भनिन्छ पनि, “मोटो मान्छेलाई धेरै जाडो हुँदैन”।आफ्नो कोठालाई हलुका चिसो नै राख्नुहोस् ताकी तपाईँको शरीरमा भएका बोसोहरू चाँडै पग्लियोस्! शरिरको तापक्रम सन्तुलन गर्न बोसोबाट शक्ति मिल्छ, अनि दुब्लाउन सहयोग हुन्छ।

अन्तमा,

शारिरीक कसरत साथै योगा स्वास्थ्यको लागि सबैभन्दा उत्तम हुन्छ। यसले मोटोपन घटाउँछ। शरिर स्वस्थ राख्छ। दिमाग स्वस्थ राख्छ। रोगप्रतिरोध क्षमता बढाउँछ। दिनभर शरिर फुर्तिलो राख्दा दिनभरका क्रियाकलाप सहज बन्छ। फुर्तिलो बनौँ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}