
|
|
सन् २०१५ मा भुकम्प भोगियो, नाकाबन्दी देखियो। नेपालमा नयाँ संविधान जारी भयो। विश्वभर के के भए?
जनवरी:
७–९, फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु
२६, अमेरिकी गठबन्धन सेनाको सहयोगमा सञ्चालित चार महिना लामो हवाई आक्रमण पश्चात् सिरियाली कुर्दिस सेनाले इस्लामिक स्टेट (आईएस) का जिहादी लडाकूलाई टर्कीको सिमाना नजिकैअवस्थित कोषाने सहरबाट धपाउन सफल ।
पत्रिकाको कार्यालयमा गोली चल्यो, १० जना मारिए
फेब्रुअरी:
१२, युक्रेन । युक्रेनका पृथकतावादी विद्रोही र सरकारबीच फ्रान्स जर्मनी र रुसद्वारा समर्थित मिन्स्क द्वितीय शान्ति मार्गचित्रमा हस्ताक्षर । तर यो सम्झौता धेरै समय टिकेन । पुनः १ सेप्टेम्बरमा अर्को सम्झौता भएता पनि डिसेम्बरको पहिलो सातासम्म पनि सरकार र विद्रोहीबीच व्यापक झडप निरन्तर भइरहेको छ ।
मार्च:
१७, इजरायल र प्यालेस्टिनी इलाका । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड दलले संसदीय निर्वाचनमा विजयी । जागापट्टीमा पहिलेदेखि नै निर्माण हुँदै आएको सेटलमेन्ट भवनहरु निर्माण कार्यमा थप तिब्रता । प्यालेस्टिनीहरुसँगको शान्तिप्रक्रियाका बिश्राम । परिणामस्वरुप आक्रोशित प्यालेस्टिनीहरुद्वारा इजरायली सरकारी भवन र सुरक्षाकर्मीमाथि ढुङ्गामुढाको वर्षा, हतियारको प्रयोग आत्मघाती कार आक्रमण र हिंसात्मक झडपहरु ।
१८, ट्युनिसिया । ट्युनिसियाको राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटकहरु र एक जना ट्युनिसियाली प्रहरीको मृत्यु त्यसको लगभग डेढ महिनापछि जुन २६ मा ट््युनिसिया कै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु । यसको छ महिनापछि नोभेम्बर २४ का दिन राष्ट्रपतिको सुरक्षाकर्मी चढेका बसलाई लक्षित गरी बम प्रहार गरिँदा केही सुरक्षाकर्मीसहित कम्तीमा १२ जनाको मृत्यु । अलग–अलग मितिमा गरिएको तीनवटै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लियो ।
२४, फ्रान्स । सस्तो दरमा हवाई सेवा उपलब्ध गराउने जर्मनीको बजेट एयरलाइन्स जर्मन विङ्ग्सको एउटा एयरबस फ्रान्सेली पर्वतमाला फ्रेन्स आल्प्समा ठोक्किँदा विमानमा सवार यात्रु १५० सबैको मृत्यु । दुर्घटना अनुसन्धानकर्ताका अनुसार सहचालक एडियास लुबिजको लहरबाजीले जानाजानी उक्त विमान दुर्घटनाग्रस्त बनाएको ठहर ।
एयरबस विमान फ्रान्सको हिमालमा दुर्घटना
२६, यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको जेट विमानद्वारा राष्ट्रपति आबेद रब्बो मन्सुर हादीलाई समर्थन गर्दै हुथी सिया विद्रोहीमाथि व्यापक बम वर्षा । यमनको द्वन्द्वमा हालसम्म करिब छ हजारको मृत्यु भइसकेको पुष्टि ।
यमनको मस्जिदमा आत्मघाती बम आक्रमण, १ सय ४२ को मृत्यु
यमनका राष्ट्रपतिको निवासमा बम आक्रमण
अप्रिल:
२, केन्या÷सोमालिया । सोमालियाका सबाब इस्लामिक विद्रोही लडाकू केन्या पुगी गारिसा विश्वविद्यालयमा आक्रमण अधिकांश विद्यार्थीसहित कम्तीमा १७८ जनाको आमहत्या ।
२५ , नेपाल । नेपालको मध्य उत्तरी पहाडी भूभागलाई केन्द्रविन्दू बनाएर गएको ७.८ रिक्टर स्केलको गोरखा भूकम्पले करिब ८ हजार ९०० को ज्यान लिनुका साथै लगभग पाँच लाख घर आंशिक पूर्णरुपमा क्षतिग्रस्त । यसको करिब दुई हप्तापछि मे १२ का दिन ७.३ रिक्टर स्केलको पराकम्पबाट थप केही दर्जनको मृत्यु ।
नेपालमा भयानक भुइचालो, ७.९ रेक्टर स्केलको भुकम्पले पुरै नेपाल हल्लियो
नेपालमा भुकम्पबाट हराएका मान्छे खोज्न गुगलको पहल
२६, बुरुन्डी । बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाले निर्वाचनमा तेस्रो पटक विजय हासिल गरेको । निर्वाचनमा राष्ट्रपतिद्वारा धाँधली र शक्तिको दुरुपयोग गरेको भन्दै हजारौँद्वारा हिंसात्मक विरोध प्रदर्शन । प्रदर्शन केही महिनासम्म जारी सयौँ आन्दोलनकारी मारिए ।
मे ७, बेलायत । प्रधानमन्त्री डेभिड क्यामरुनको कन्जरभेटिभ पार्टीको बेलायती आमनिर्वाचनमा पुनःविजयी यसले बेलायत युरोपेली सङ्घ (ईयू) मा प्रवेश गर्ने कि नगर्ने भन्ने राष्ट्रव्यापी जनमत सङ्ग्रहमा जान सहज हुने विश्वास ।
२९, नाइजेरिया । गत मार्चको निर्वाचनमा विजयी भएका राष्ट्रपति मुहमदु बुहारीको सपथ ग्रहणको लगत्तै पश्चात् इस्लामिक स्टेट आतङ्ककारी सम्बन्ध नाइजेरियाली बोको हराम इस्लामीक लडाकूविरिुद्ध व्यापक सैनिक कारबाही गर्ने प्रतिबद्धता । बोको हराम विद्रोहीहरुले मुलुकका एक हजार पाँच भन्दा बढी नागरिकको हत्या गरिसकेको । यिनै आतङ्ककारीले नाइजेरियालाई आफ्नो अखडा बनाएर छिमेकी कुलुकहरु क्यामरुन, चाड, नाइजरमा समेत आक्रमण गर्दै आएका ।
नाइजेरियामा सम्प्रदायिक दङ्गाः तेइस व्यक्तिको मृत्यु
जुन:
१, चीन । मध्य चीन भएर बग्ने एक ठूलो नदी याङत्सेमा एउटा चिनियाँ यात्रुवाहक जहाज पल्टिँदा त्यसमा यात्रा गरिरहेका ४५४ मध्ये ४४२ जनाको मृत्यु ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

