Home » » अहिले देखिएको समस्या समाधान हुन्छ : नेता देउवा

अहिले देखिएको समस्या समाधान हुन्छ : नेता देउवा

१० पुस, भीमदत्तनगर ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन ।

शुक्रबार कञ्चनपुरको भीमदत्तनगरमा नेपाल जेसिजको ४२औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले विगतमा पनि देशमा देखिएका विकराल समस्या समाधान भएको स्मरण गराए ।

उनले तराईमा आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधनका लागि सीमाङ्कन र संविधान संशोधन गर्न राजनीतिक दल अगाडि बढिरहेको जानकारी दिए । “संविधान संशोधन विधेयक पेस भइसकेको छ”– उनले भने– “केही दल त्यसमा असहमत भए पनि सहमति गरेरै समाधान खोज्न पहल गर्छु ।”

कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधान जारी भएपछि केही समस्या देखिएको बताउँदै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।

संविधान संशोधन र सीमाङ्कनको विषयमा वार्ता र संवादका माध्यमबाट समस्या हल गर्नुपर्ने उनको भनाइ थियो ।

आजदेखि सुरु भएको महाधिवशनको उद्घाटनसत्रमा वरिष्ठ नेता देउवा, नेता निधि, रमेश लेखक, नारायण प्रकाश साउद, नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारी, नेकपा माओवादी नेता राम विडारीले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}