
|
|
सरसफाइको विषयमा केटीहरुले जति ध्यान दिन्छन् केटाहरुले त्यति दिँदैनन् । तर यसकै कारणले कैयौं केटाहरुलाई केटीले मन पराउँदैनन् भन्ने ख्याल चाँहि गर्दैनन् । के के कुरा गर्ने पुरुषलाई केटीले मन पराउँदैनन् थाहा पाइ राख्नुस्ः
१ दारीः
दारी बढाएर लुक बदल्न चाहने केटाहरुप्रति केटी खासै आकर्षित हुँदैनन् । दारी बढाउने झुस्स देखिने केटालाई केटी नजिक हुन कठिन पर्छ । नियमित शेभिङ गर्ने वा चिट्ट भएर हिँड्ने केटा नै केटीलाई बढी मन पर्छ ।
२ बिना क्रिम शेभिङ गर्नेः
क्रिम नलगाइ दारी काट्दा हाम्रो छालामा असर गर्छ । दारी छुट्ने समस्या पनि बढि हुन्छ । यसरी लापरवाही दारी काट्ने र छाला नै असर पर्ने गरी दारी काट्ने पुरुष पनि केटीलाई मन पर्दैन । दारी काट्नु अघि र काटिसकेपछि क्रिम लगाउने गर्नुस् ।
३ कान र नाकमा रौं:
पुरुषहरु आफ्नो कानमा र नाकामा आउने रौंको खासै प्रभाव गर्दैनन् । यसले स्वास्थ्यमा राम्रो गरेपनि लुकमा भने प्रभाव पार्छ । कानमा वा नाकमा लामो रौं लिएर हिँड्ने पुरुषलाई केटीहरु मन पराउँदैनन् । समय समयमा नाक र कानका रौं काट्ने गर्नुस् ।
४ चायाँ:
कपालभरी झ्याउअ देखिने गरी हिँड्ने केटाप्रति केटीहरु आकर्षित हुँदैनन् । केटाहरुले यस्ता कुरामा ख्याल नगरेको केटीलाई चाहि मन पर्दैन । सके सम्म सेम्पु प्रयोग गरेर कपाल नुहाउने गर्नुस् ।
५ फुलेको कपालः
यदि तपाइँको कपाल फुलेको छ भने उँखेलेर समाधान नखोज्नुस् । बरु त्यसमा कलर गर्नु राम्रो हुन्छ । कपाल फुलेको बेला उँखेल्दा त्यस वरी परिको कपाल पनि प्रभावित हुन्छ र नराम्रो असर गर्छ । झुस्स कपाल विग्रेका केटा केटीलाई मन पर्दैन ।
६ लामा लामा नङः
केटाहरु सामान्यतया नङ नियमित काट्दैनन् । नङ बढेको केटाहरुलाई खासै वास्ता हुँदैनन् । तर लामा र फोहोर नङ बोकेर हिँड्ने केटा केटीहरुलाई मन पर्दैन् । सके सम्म नङ सफा राखेर हिँड्नुस् ।
यी हुन् केटीहरुलाई पटक्कै मन नपर्ने ६ शब्द
केटीलाई पटक्कै मन नपर्ने केटाका १० बानी
गर्लफ्रेण्ड बनाउने हो ? यी ५ कुरा गर्नुस्

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

