Home » » जय नेपाल फाउण्डेशन अस्ट्रेलियाद्वारा बागलुङका दुई विद्यालयलाई सहयोग

जय नेपाल फाउण्डेशन अस्ट्रेलियाद्वारा बागलुङका दुई विद्यालयलाई सहयोग

बागलुङ— जय नेपाल फाउण्डेशन अस्ट्रेलियाले बागलुङका दुई भूकम्प प्रभावित विद्यालयमा सहयोग गरेको छ । बागलुङबाट अध्ययनको लागि अस्ट्रेलिया पुगेका युवाहरुको सक्रियतामा स्थापना भएको सो संस्थाले आज बागलुङमा एक कार्यक्रमको आयोजना गरी २ लाख १४ हजार रुपैयाँ रकम हस्तान्त्रण गरेको छ ।
भूकम्पबाट प्रभावित बनेको कालिका कन्या मन्दिर  मावि बागलुङलाई १ लाख ३४ हजार र मालिका निमावि मालिकालाई ८० हजार रुपैयाँ एक प्रदान गरिएको छ । बागलुङ क्षेत्र नं १का सांसद चम्पादेवी खड्का, बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारी सहितको उपस्थितीमा संयुक्त रुपमा दुई विद्यालयलाई रकम प्रदान गरिएको छ । सो कार्यक्रममा बोल्ने वक्ताहरुले अध्ययनको लागि अस्ट्रेलिया पुगेका बागलुङका युवाले सुरुवात गरेको सामाजिक कामको प्रसंशा गरेका थिए ।

सो कार्यक्रममा बोल्दै सांसद चम्पादेवी खड्काले अध्ययनको लागि विदेश पुगेका युवाले प्राकृतिक विपत्तिको समयमा सघाएर गुन लगाउको बताउनु भयो । जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले जय नेपाल फाउण्डेशनले शैक्षिक संस्थामा सघाउने सह्रानिय कामको सुरुवात गरेको बताउनु भयो । जय नेपाल फाउण्डेश मार्फत रकम संकलन अभियान संचालन गर्ने मध्येका विष्णु सापकोटाका पिता फुल प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य राम थापा अविरल, कालिका कन्या  मन्दिर माविका प्रधानाध्यापक धनराज सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त सापकोटा, मालिका निमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति प्रसाद सापकोटाले बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप पौडेलले संचालन गर्नु भएको सो कार्यक्रममा स्वागत रामजी सुवेदीले गर्नु भएको थियो ।
जय नेपाल फाउण्डेशन सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देस्यले गत सेप्टेम्बर १०,२०१५मा बागलुङबाट अध्ययनको लागि अस्ट्रेलिया पुगेका सात जना युवाको सक्रियतामा स्थापना भएको हो । सो संस्थाले अस्ट्रेलियामा दोहोरी साँझ कार्यक्रमको आयोजना गरी भूकम्प प्रभावित विद्यालयको लागि रकम संकलन गरेको थियो । सो संस्था बागलुङको मालिकाका विष्णु सापकोटा, धम्जाका सुदिप भण्डारी, लेखानीका विकास शर्मा, हेन्सन वि.क., बागलुङ नगरपालिकाकी ऋचा बास्कोटा, गल्कोटका विरेन्द्र बम मल्ल लगायतका युवाको सक्रियतामा स्थापना गरिएको थियो । सहयोग हस्तान्त्रण कार्यक्रममा उनीहरुका आफन्तको पनि उपस्थिती रहेको थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}