Home » » नेशनल जोग्राफिक ट्राभलरको कुल पर्यटकीय गन्तब्यमा नेपाल अग्र सूचीमा

नेशनल जोग्राफिक ट्राभलरको कुल पर्यटकीय गन्तब्यमा नेपाल अग्र सूचीमा

२२ मंसिर, काठमाडौं ।
विश्वमा पर्यटकीय स्थलको सूची सार्वजनिक गर्दै आएको नेशनल जोग्राफिक ट्राभलरले सन् २०१६ का लागि पर्यटकीय गन्तब्यको सूचीमा नेपाललाई अग्र स्थानमा राखेको छ ।

विश्वका उत्कृष्ठ पर्यटकीय गन्तब्य अर्थात कुल लिष्टमा नेपाल छैठौं स्थानमा परेको छ । नेशनल जोग्राफिक ट्राभलरले विश्वको सबैभन्दा कुल पर्यटकीय देशकोरुपमा इरानलाई राखेको छ भने दोश्रो नम्बरमा कोष्टारिका परेको छ ।
तेश्रो स्थानमा अमेरिकाको वासिङटन डिसी छ भने चौथो स्थानमा आयरल्याण्ड परेको छ । ५ नम्बरको क्यूवापछि छैठौं स्थानमा नेपाललाई राखिएको छ ।
भूकम्पले प्रभावित भएको नेपालमा नाकाबन्दी सहितका अनेक तनावका कारण पर्यटकको संख्या घटेपनि नेशनल जोग्राफिक ट्राभलरले नेपाल अहिले पनि विश्वका उत्कृष्ठ पर्यटकीय गन्तब्यमा पर्ने जनाएको छ ।
नेपाल पछि ७ औं स्थानमा चीनको सांघाइलाई कुल पर्यटकीय स्थलकोरुपमा राखिएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}