
|
|
- बासु फुलारा (यटर्नी-एट-ल)
फेसबुक:
http://www.facebook.com/bashu.phulara
फोन: (७१८) ४४०-५७५४
इमेल: bp@chhetrylaw.com
अमेरिकाको अध्यागमन कानूनका अनुसार तपाई अमेरिका भन्दा बाहिर हुनुहुन्छ अर्थात तपाई हाल नेपालमा बसिरहेको हुनुहुन्छ र अमेरिकाको ग्रीन कार्ड कसरि बनाउने भनेर सोची रहनु भएकोछ भने तपाईको लागि एउटा तरिका छ । तपाई नेपालमा नै बसेर अमेरिका आउनु पूर्व अमेरिकाको ग्रीनकार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाई संग छन्, तपाईको लागि केहि आधारमा नेपालबाट तपाईआफैले वा अमेरिकामा रहनु भएका नागरिक वा ग्रीनकार्ड नातेदार वा अमेरिकन रोजगारदाताले तपाईको लागिआप्रवासी पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ र आप्रवासी भिषा पनि तुरुन्तउपलब्ध छ भने तपाईले अमेरिकाको नेसनल भिषा सेन्टर मार्फत काठमाडौँमा रहेको अमेरिकन कन्सुलेमा आप्रवासी भिषाका लागि निबेदन दिन सक्नु हुन्छ। तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेटबाट अन्त्यमास्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिकाको ग्रीन कार्ड पाउन सक्नुहुन्छ ।
तपाई हाल नेपालमा हुदा खेरि पनि अमेरिकाको ग्रीन कार्ड पाउने पर्याप्तआधारहरु भने तपाई संग हुनु पर्छ। उदाहरणका लागि, अमेरिकामा रोजगारीको माध्यम तपाईको रोजगारदाताले तपाईको लागि आप्रवासी आइ-१४० निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएकोखण्डमा; तपाई असाधारण प्रतिभाको व्यक्ति भएर तपाई आफैले आइ-१४० आप्रवासी निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईसंग अमेरिकामा लगानी गर्ने योजनाछ भने तपाई आफैले आप्रवासी आइ-५२६ निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृतभएको खण्डमा; अर्थात तपाईको अमेरिकाको नागरिक नातेदार वा ग्रीन कार्ड नातेदारले आप्रवासी आइ-१३०निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिकाको स्थाईआप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा, दोस्रो चरणमा अमेरिकाको नेसनल भिषा सेन्टरको आप्रबासीभिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरेर चाहिने कागजपत्रहरु, भिषा निबेदन र बुझाउनु पर्ने फीलगायत अन्य प्रक्रिया नेसनल भिषा सेन्टर मार्फत पुरा गरि तपाईले दिएको स्थाई आप्रवासी भिषा निबेदनलाइ नेपालमा रहेको अमेरिकन कन्सुलेटबाट पनि अन्तिम चरणमा स्वीकृत भएको खण्डमा मात्र नेपालबाट अमेरिकाआएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ।
तसर्थ, तपाईको लागि मुख्यतया रोजगारी वा परिवारमा आधारित आप्रवासी निवेदन/पिटिसन अमेरिकाबाट यु. यस. सी. आइ. यस. ले सर्बप्रथम स्वीकृत गरेर आप्रवासी भिषा तत्काल उपलब्ध भएको खण्डमा दोस्रो चरणमा तपाईले अमेरिकाको नेसनल भिषा सेन्टरको आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरिपिटिसन गर्ने वा भिषा निबेदन दिने व्यक्तिले बुझाउनु पर्ने चाहिने मूल वा प्रतिलिपि कागजपत्रहरु, भिषा निबेदन रबुझाउनु पर्ने सरकारी भिषा दस्तुर फि लगायत अन्य प्रक्रिया पुगेको अवस्था छ भने नेपालमा रहेको अमेरिकनकन्सुलर अफिसले भिषा निवेदकको अन्तरबार्ता लगायत अन्तरबार्ता अगाडी वा पछाडी का आबस्यक अन्य अरुप्रक्रियाहरु समाप्त गरि कन्सुलर अफिसले नै निवेदक लाइ भिषा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने गर्दछ। अन्त्यमा, तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेट बाट स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिका को ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।
(बासु फुलारा नेपाली- नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट- हुनुहुन्छ । यो लेखमा व्यक्त बिचारहरुपाठकका जानकारीकालागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाको इमेल: bp@chhetrylaw.com मा सम्पर्कराख्न सक्नु हुनेछ ।
--- Source: http://khasokhas.com/immigration)

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

