
|
|
News in Detail
हाम्रो फिल्म इन्डष्ट्रीमा फिल्म बनाउन गाह्रो । बनाउन भन्दा चलाउन गाह्रो । फिल्म चलाइ सके पछि टीकाउन झनै गाह्रो यस्तै स्थीतिको सामना गरी रहेकी छिन । नायिका एबं नब निर्मात्रि पुजना प्रधान जसले फिल्म चकलेटको निर्माण गरीन र फिल्मको लागि मंसिर अठारलाइ रीलिज डेट पनि तय गरीन । तर उनै पुजनालाइ फिल्म कब्बडी कब्बडीले राम्रो ब्यापार गरे पछि तनाब भएको छ । फिल्म प्रदर्शन नगर्न उनलाइ धम्की आएको बताउ छिन ।
भद्र पारामा आएको धम्कीले उनलाइ हल नपाउने तर्फ संकेत गरेको उनको तर्क छ । पुजनाको भनाइ अनुसार फिल्म राजधानीको एक्काइस वटाहल सहीत उपत्यका बाहीर पनि प्रदर्शनमा आउदै छ ।सडक बालबालिकाको कथा बोकेको फिल्मको आम्दानी अनाथालय निर्माणको लागि खर्च गर्ने पनि उनले बताइ सकेकी छिन । निर्मल शर्माको निर्देशनमा बनेको चकलेट फिल्ममा अयुषमान घिमिरे, नम्रता झा पनि मुख्य भुमीकामा रहेका छन ।फिल्मको प्रचारको लागि उनि फिल्ममा अभिनीत बाल बालिका सहीत सक्रीय भइरहेकी छिन । फिल्मको प्रदर्शन ब्यबस्थीत हुन नसक्दा फिल्मले चलेपनि हल छाड्नु पर्ने बाध्यता कायमै छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

