
|
|
४ दिनको मायाप्रेम अनि वर्षौँको पर्खाइ । यस्तो त फिल्म तथा साहित्यमा देख्न, पढ्न पाइन्छ । हाचिको डग नामक फिल्ममा एउटा कुकुरले आफ्नो मृत मालिकलाई नाट्यघर बाहिर वर्षौँ सम्म कुरिरहेको र अन्तिममा सोही ठाउँमा कुकुर मरेको दुखान्त दृश्य हेर्नुभएकै होला । तर किताब र काँचको पर्दामा मात्र होइन साँच्चीकै यथार्थमा पनि यस्तो हुँदोरहेछ । यो दुनियामा एकजना यस्ता व्यक्ति छन् जसले पछिल्लो २० वर्षदेखि लगातार आफ्नी प्रेमिकालाई पर्खिरहेका छन् ।
आजभन्दा २० वर्ष पहिले एक जना युवतीले ती पुरुषसँग प्रेम गरिन् अनि छिटै फर्किन्छु र तिमीसँगै डेटिंगमा जान्छु भनेर बाचा गरेर गइन् । आहजी नामका ती पुरुष अहिलेपनि ताइवानको शिबुया रेल स्टेशन बाहिर उनै प्रेमिकाको पर्खाइमा बसिरहेका छन् ।
हचिको नामकी युवतीसँग उनको रेलयात्राकै क्रममा भेट भएको थियो । अनि दुइबीचमा रेलभित्रै मायाप्रेम बस्यो । दुबैजनाले फेरि भेट्दा डेटिंगमा जाने बाचा गरे र त्यसका लागि भेट्ने ठाउँ तय गरियो शिबुया रेल स्टेशन ।
बाचा अनुरुप तोकिएको दिनमा आहजी रेल स्टेशनमा पुगे तर उनकी प्रेमिका हचिको भने पुगिनन् । प्रेमिका आउने इन्तजारमा उनी रेल स्टेशनमा बसिरहे । उनी थाकेका छैनन् र ती बाचा गर्ने प्रेमिका आउने आशा मारेका छैनन् ।
एकदिन उनी अवश्य आउनेछिन् भन्ने विश्वास गरेका छन् उनले । ती क्षणभरकी मनकी रानीको पर्खाइमा उनले जिवनका २० वर्ष खेर फालिसकेका छन् र सबैकुरा त्याग गरेका छन् । उनका घर परिवारका सदस्यहरुले रेल स्टेशनमा
उनलाई बेलाबेलामा खानेकुरा ल्याइदिन्छन् । लत्ताकपडा ल्याइदिन्छन् र घर फर्किनका लागि विन्तीभाउ गर्छन् ।
तर उनले आफ्नो चोखो मायाका खातिर सबै कुरालाई अस्विकार गर्दै आएका छन् । उनी भिखारीको जिवन जिइरहेका छन् र अरुको दयाको भरमा उनको प्राण धानिएको छ । तर प्रेमिका हचिको फर्किएपछि सबै कुरा बदलिने र आफ्नो जिन्दगीले नयाँ मोड लिने अपेक्षा उनको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

