Home » » जनचेतनाका लागि सेयर गर्नुहोला। महिनावारीको अवधिमा यी ७ खानेकुराबाट जोगिनुपर्छ।

जनचेतनाका लागि सेयर गर्नुहोला। महिनावारीको अवधिमा यी ७ खानेकुराबाट जोगिनुपर्छ।

महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ।के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ।
महिनावारीको अनियमितता हुनु  , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन ।यस्ता समस्याहरुको चाहेको बेलामा तत्काल उपचार पनि सम्भव हुँदैन।हरेक महिना झेल्नु पर्ने अनेक समस्याहरुबाट केहि हदसम्म छुटकारा पाउन निम्न ७ खानेकुरा महिनावारी भएको समयमा नखानु फाइदाजनक हुन्छ ।
  प्रशोधन गरिएका खानेकुराहरु  सजिलो र सुविधाजनक अनि स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनु ।सोडियमको मात्रा बढी भएको खाना महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ ।
§  बोसो युक्त मासु  महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने बोसो युक्त मासु खाँदै न खानु राम्रो हुन्छ। मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उत्तम हुन्छ ।
§  बेकिंग गरिएका खानेकुरा  बजारमा पाइने बेकिंग गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
§  चिनीजन्य खानेकुरा  केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ ।गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ ।चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ ।दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ।
§  आइसक्रिम, क्रिम र चिज  डेरी उत्पादन सबैलाई मन पर्छ ।मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र ?  आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ ।अधिकमात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन ।
§  कफी  महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ ।कफिमा पाइने क्याफिन यसको कारक तत्व हो । कफी सट्टामा तपाई चिया पिउन सक्नुहुन्छ अथवा अरु कुनै इनर्जी ड्रिंक्स ।

§  अल्कोहल  तपाइंको पिरियड जारी छ र अझ अनियमितता समेत छ भने अल्कोहल जन्य पेय पदार्थ बाट टाढा रहनुहोस । अल्कोहलले रगतलाइ पातलो बनाउने हुँदा  महिनावारीको समयमा अधिक रगत बग्ने समस्या समेत देखिन सक्छ। स्वास्थ्यलाइ फाइदा पुग्ने अल्कोहल नामिसिएका पेय पदार्थ , फ्रेश  जुस आदिको प्रयोग गर्नु उपयुक्त हुन्छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}