Home » » तेल सम्झौता रोक्न गएका भारतीय गृहमन्त्रीलाई चिनियाँ प्रधानमन्त्री संग भेट

तेल सम्झौता रोक्न गएका भारतीय गृहमन्त्रीलाई चिनियाँ प्रधानमन्त्री संग भेट

काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले चिनियाँ राष्ट्रपतिदेखि गृहमन्त्रीसम्मलाई भेटी इन्धन नदिन घुमाउरो आग्रह मात्र गरेनन्, भारत हार्ने खेलमा नलाग्न चीनलाई आग्रह पनि गरे ।अघोषित नाकाबन्दी लगाएको भारतले यतिखेर चीन र नेपालबीच भएको तेल व्यापार रोक्ने ठुलो कसरत गरिरहेको छ । नेपाल र चीनबीच पेट्रोलियम व्यापारको प्रारम्भिक सम्झौता भएको आवस्था र व्यापारिक सम्झौताको तयारि भैरहेका बेला एकाएक चीन हानीएका सिंहले चिनियाँ सरकारका उच्च अधिकारीहरुलाई भेटेर नेपाललाईए चीनले इन्धन दिनु नेपाल जित्नु र भारत हार्नु सरह भएको बताएका छन् ।

उनले चिनियाँ राष्ट्रपति सि जिनपीङदेखि समकक्षीसम्मलाई भेटेका छन् । नेपालसँगको ४० वर्षे तेल व्यापारको एकाधिकार तोडिने र नेपाललाई समस्यामा पारेर आफ्नो स्वार्थ पुरा गर्ने भारतको योजना लगभग असफल हुनै लाग्दा भारत अत्तालिद चीनसँग इन्धन नदिन कुटनीतिक तहमा छलफल गरिरहेको छ ।चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सँगको भेटमा सिंहले नेपालमा जारी भएको संविधानले आम नेपालीको भावना नसमेटेको र मधेसका केही समुदाय अधिकार बिहीन भएको बताएका थिए । उनले यती भनेपछि चीनले नेपालको आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै नाकाबन्दी गर्नु अमानविय भएको भन्दै उल्टै सिंहलाई झपारेका थिए ।

यती मात्र हैन नेपालकै आयल निगमका उच्च अधिकारीहरुलाई पनि भारतले नियन्त्रणमा लिएको आरोप लागीरहेका बेला राजनाथ सिंहको बेइजिङ दलौडधुपले इन्धन व्यापार सम्झौता लम्बिने सकेत देखापरेको स्रोतको दाबी छ ।चीनसँग भारतले आफ्नो मुलुकमा भएको लगानी र व्यापार नविर्सन पनि धम्की दिएको छ । सबै छिमेकीहरुसँग सम्बन्ध बिगार्दै लगेको भारतले चीनसँगको सम्बन्ध पनि विगार्ने निहुँ खोजीरहेको छ ।सिंहले नेपाललाई चीनले तेल दिँदा आफुहरुको व्यापारीक क्षेत्र खुम्चने र नेपालसँगको पुरानो सम्बन्ध स्थापीत गर्न समस्या पर्ने भएकाले केही समय चुप बस्न पनि आग्रह गरेका थिए ।तर, चीनले नेपालमा मानविय संकट देखापरिसकेकाले आफुहरु चुप लागेर नबस्ने जवाफ फर्काएको चिनियाँ सञ्चारमाध्यमले दाबी गरेका छन् ।
Source: Taja Khabar

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}