Home » » देशमा जारी संकटको आरोप लगाउँदै विद्युत प्राधिकरण र राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक

देशमा जारी संकटको आरोप लगाउँदै विद्युत प्राधिकरण र राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक

काठमाडौँ, २० मंसिर - नेपाल विद्युत प्राधिकरण र राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक भएको छ। 

ह्याकरले विद्युत प्राधिकरणको वेबसाइटमा दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गरेको गुनासो पोष्ट गरेका छन् भने राष्ट्रपति कार्यालयको वेबसाइटमा जनताले दु:ख पाएको भन्दै मधेस आन्दोलन सम्बोधन नगरिएकोमा असन्तुष्टि पोखिएको छ।

’दैनिक साढे ९ घण्टा लोडसेडिङ गरेर बाँकी १४ घण्टा चै किन दिएको ?’, प्राधिकरणको वेबसाइटमा लेखिएको छ। ह्याकरले आफ्नो नाम ४एनयूएसआर एण्ड एन३पी-४टी उल्लेख गरेका छन्। कमजोर सुरक्षा प्रणालीका कारण नेपालका सरकारी वेबसाइट पटक पटक ह्याक हुने गरेका छन्। 
स्रोत: कान्तिपुरबाट

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}