Home » » नेपालमै सबैभन्दा बढी फरक क्षमता भएका व्यक्तिहरु म्याग्दीमा

नेपालमै सबैभन्दा बढी फरक क्षमता भएका व्यक्तिहरु म्याग्दीमा

म्याग्दी, १७ मङ्सिर । म्याग्दीमा नेपालमै सबैभन्दा बढी फरक क्षमता भएका व्यक्तिहरु बसोबास गर्दै आएका छन् । जिल्लामा छ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला विकास समिति म्याग्दीको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सबैभन्दा धेरै फरक क्षमता भएकाहरु म्याग्दी जिल्लामा रहेको अपाङ्ग सङ्घ म्याग्दीले जनाएको छ । त्यसैगरी सङ्घको समन्वयमा महिला तथा बालबालिका कार्यालय म्याग्दीले विभिन्न चार प्रकारका अपाङ्गता परिचयपत्र दुई हजार ७०० जनालाई दिएको छ ।
जिविस म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले अपाङ्गता भएकालाई समुदायका सचेत वर्गले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले ह्विलचियरको सहायतामा हिँडडुल गर्न सक्नेलाई ह्विलचियर, सेतो छडीको सहयोगको आवश्यकता पर्नेलाई सेतो छडी र बे्रललिपिको सहयोगमा अध्ययन गर्न सक्नेलाई ब्रेललिपि उपलब्ध गराई सहयोग गर्नुपर्ने भन्दै त्यसका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}