Home » » श्रीमानसँग सम्बन्ध विच्छेद गरेर मलेसिया गएकी मन्जु यसरी रातारात मालामाल भईन्..

श्रीमानसँग सम्बन्ध विच्छेद गरेर मलेसिया गएकी मन्जु यसरी रातारात मालामाल भईन्..

श्रीमान् बिना जीवन चलाउन महिलालाई मुस्कील हुन्छ भन्ने नेपाली समाजमा परम्परागत सोचाई छ । तर, श्रीमान्संग छुट्टीएर पनि प्रगति गर्न सकिन्छ भन्ने उदाहरणको गतिलो पात्र बनेकी छिन् पूर्वी नेपालको दोपाने ७, उदयपुरकी मन्जु रानाभाट । २० बर्ष अघि गाउँकै छत्रसिंह रानाभाटसंग प्रेम विवाह गरेकी मन्जुको सपना छत्रसिंहसंगै जीवन बिताउने थियो । सुरुमा रानाभाट दम्पतीको जीवन सुखमय नै थियो । तर, जव कान्छो छोरा जन्मियो तव मञ्जुका सुरु भए दुःखका दिन ।

१२ दिनकी सुत्केरी श्रीमतीलाई रक्सीको झोंकमा कुटेर उनका श्रीमानले आफ्नो राक्षसीपन देखाए । दुई बर्षसम्म उनले श्रीमानको चरम यातना सहेरै बसिन् ।तर, अति नै भएपछि उनको जीवनले नयाँ मोड लियो र अन्ततः सम्बन्ध बिच्छेदमा गएर जीवनको एउटा अध्याय नै समाप्त भयो । एक किसिमले उनको भविष्यमा कालो बादल मडारियो । श्रीमानसँग अलग भएकी उनी माइतीको शरणमा गइन् । ६ महिनापछि दाइभाउजुको असह्य व्यहारबाट आजित उनी केही गर्नुपर्छ भनेर सदरमुकाम गाइघाट छिरिन् अनि सुरु भए उनका संघर्षमा दिन । २ बर्षसम्म ज्यामी काम गरेर आफू र दुई छोराको जीवन गुजारेको उनी बताउँछिन ।
पछि सयकडा ३ मा ९० हजार रुपैंया ऋण काढेर मलेसिया आउन भन्दै उनी काठमाडौं हान्निइन् । दलालको फन्दामा परेकी उनी भारतको नयाँ दिल्ली हुँदै मलेसियासम्म आइपुगिन् । तर दुःखीलाई दुःखले कहिं छोड्दैन भने झैं उनलाई मलेसियामा पनि दुःखले नै पर्खिरहेको थियो । उनले सुरुमा मलेसियामा पनि खानुसम्म गोता खाइन् । यहाँको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले पहिले १५ हजार कमाउँथिन् जुन अहिले बढेर ५० हजार पुगेको छ ।पैसा कमाउन थालेपछी उनको जीवनको रंग नै फेरिएको छ ।
उनले काठमाडौ र गाइघाटमा घडेरी किनेकी छिन् भने दुई छोरालाई गाइघाटमा नाम चलेका निजी बिद्यालयमा पढाएकी छिन् । उनी भन्छिन् ‘मैले श्रीमान्संग सम्बन्ध बिच्छेद गरेर प्रगि गरें । अब छोराहरुको भविष्यको मात्रै चिन्ता छ ।’आर्थिक हैसियत बलियो बन्दै गएपछि उनले अब आफ्ना दुःखका दिन गएको अनुभुती गरेकी छिन् । सुरुमा लोग्नेले छोडेकी भनेर हेप्नेहरु नै अहिले नजिक हुन थालेको उनको अनुभव छ ।काम गर्दै गएपछि कम्पनीमा उनको हैसियत पनि बढेको छ ।
अहिले उनी ३० जना कामदार चलाउने सुपर भाइजर भएकी छिन् । काममा सन्तुष्टि मिलेको छ, अनी कमाईमा पनि ।तर यति हुँदा हुँदै पनि कहिले काहिं परदेशको बसाईले मनपेट पोल्छ । आफ्ना मुटुका टुक्राजस्तै छोरा नेपालमा छोडेर मलेसिया बस्नुपर्दा कहिले काहिं घर फर्किहालौं जस्तो हुन्छ । अव त परदेशको बसाई पनि लामै भयो । त्यसैले अब उनी चाँडै नेपाल फर्केर केही व्यवसाय गर्ने मनस्थीतीमा पुगेकी छिन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}