
|
|
उनी अहिले लगभग १९ बर्षका भएका छन् । झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् ।
पहिले केटीको जस्तो हाउभाउ मात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न लागेका थिए । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ । छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा उनले ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र अहिलेका तस्वीरसमेत फेला परेका छन् ।
हेर्दा मात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थिति पनि अब धेरै रहने छैन । किनभने उनी पुरुष अंगको सट्टा महिला अंग प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् । पारिवारिक स्रोतका अनुसार पहिलोपटक वैंकक जाँदा केटाको पासपोर्टमा केटी जान लागेको भन्दै काठमाण्डौंस्थित थाई दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । दोस्रोपटकको प्रयासमा भिसा पाएर अहिले वैंकक रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् ।
विश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले पनि आफुलाई पुरुष भन्दा महिला हुनु नै उचित ठानेर होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

