Home » » यसरी गुमाए मलेसियामा एकजना नेपालीले जागिर

यसरी गुमाए मलेसियामा एकजना नेपालीले जागिर

पासपोर्टमा नाम गलत हुँदा रामेछापका चेतबहादुर तामाङको रोजगारी गुमेको छ । आठ महिना पहिले एक्ससिएम म्यानपावरबाट मलेसिया आएका तामाङको पासपोर्टमा बहादुर टाइपिङ गलत भएका कारण भिसा नविकरण हुन नसकेको हो । 

मेसिन रिडेवलल पासपोर्ट भिसाका लागि म्यानपावरमा बुझाएको र सोहि अनुसार मलेसियाबाट भिसा गएपनि श्रम स्वीकृति नभएपछि उहाँले अर्को पासपोर्ट बनाउनु भएको थियो । पछि बनाएको पासपोर्टमा श्रमस्वीकृति भएपनि पहिलेकै पासपोर्ट अनुसार भिसा थियो । दुई वटै पासपोर्ट बोकेर उहाँले लङकावीको म्यागडोनाल्स रेष्टुरेन्टमा काम गर्दै आउनु भएको थियो । तर दोश्रो वर्षको भिसा नविकरण गर्ने बेलामा कम्पनीले त्यसैलाई कारण देखाई नविकरण नगरेको हो । भिसा नविकरण गर्न नमानेपछि कम्पनीले स्थानीय दलाललाई जिम्मा लगाएको छ । दलालकोमा आफूलाई बस्न समस्या भएको र मानसिक यातनासमेत दिएको चेतबहादुरले गुनासो गर्नुभयो । उहाँले अन्य नेपाली कामदारको सहयोगमा दूतावास पुगेर समस्याको बारेमा जानकारी गराउनु भएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}