Home » » प्रदुषणका कारण बढ्दै चिसो

प्रदुषणका कारण बढ्दै चिसो

६ पुस, काठमाण्डौं ।
बढदो वायु प्रदूषणसँगै स्थानीय स्तरमा उत्पन्न भएकार् चिसो बादलका कारण राजधानीसहित देशभर तापक्रम घट्ने क्रम जारी रहेको मौसमविद्हरूले बताएका छन् ।
‘वायु प्रदूषणले सूर्यको किरण वायुमण्डलमै रोकिदिएको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले आइतबार भने, ‘दिन छोटिने क्रम जारी भएकाले पनि गत सातादेखि अधिकतम र न्यूनतम तापक्रममा गिरावट आइरहेको छ । त्यसले चिसो बढाएको छ ।’

राजधानीको न्यूनतम तापक्रम आइतबार २ डिग्रीमा झरेको छ भने जुम्ला र जिरीमा माइनससम्म पुगेको छ । अधिकतम तापक्रम पनि राजधानीमा १७, जिरी, ताप्लेजुङ, जुम्ला, डडेलधुरा तथा ओखलढुंगामा १२ को हाराहारी झरेको छ ।
२२ डिसेम्बरसम्म दिनहरू छोटिने क्रम जारी रहने र छोटा दिनमा पुरै समय सूर्यको किरण वायुमण्डलमै रोकिने हुनाले चिसो बढेको हो । ‘छोटा दिनमा अलिअलि पनि घाम जमिनमा नआएपछि चिसो स्वत: बढ्छ,’ मौसमविद् अर्यालले भने, ‘अहिले त्यही भएर बढी चिसो महसुस भएको हो ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}