
|
|
पर्वत-पर्वतका युवाले बिबाहमा भोज खुवाउँदा लाग्ने खर्च घटाएर समाजिक काममा लगाउन थालेका छन् । पर्वतको कुस्मामा क्रियाशिल रोट्याक्ट क्लब अफ पर्वतका युवाले बिहे भोजको रकम सामाजिक काममा खर्च गर्ने अभियान थालेका हुन् । शनिबार बिहे बन्धनमा बाँधिएका क्लबका अध्यक्ष सन्तोष पौडेलले बिहेमा भोज नखुवाई आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । यस्तै गाउँमा बेडको अभाबमा सुत्केरी गराउन समस्या झेलिरहको स्वास्थ्य चौकीलाई सुत्केरी गराउने डेलीभरी बेड तथा पेरिलाइट पनि सहयोग गर्नुभएको छ ।
आफ्नो गाउँको आमा समुहलाई बिरामीलाई बजार पुर्याउन सहयोग पुर्याउन स्टेचर समेत सहयोग गर्नुभएको छ । पौडेल दम्पतीले कुस्मा नगरपालिका-१८ स्थित बिरेन्द्र उच्चमाविमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
‘बिबाहको भोजमा तडकभडक गर्नुभन्दा सामाजिक क्षेत्रमा लगाउनु उचित ठानेर विद्यालय र स्वास्थ्य क्षेत्रमा सहयोग गरेको हुँ’ पौडेलले भन्नुभयो, ‘मेरो सहयोगले आर्थिक अभाबमा पढ्न नसकेका जेहेन्दार विद्यार्थीले शिक्षा पाउने छन्’
गएको जेठमा बिबाह गर्नुभएका रोट्याक्ट क्लब अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्यको दम्पतीले कुस्माबजारमा सोलारबत्ती जडान गर्नुभएको थियो ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

