
|
|
पर्वत-पर्वतको खानीगाउँबाट प्रहरीले ९ जना यूवाहरुलाई पक्राउ गरेको छ । मंसिर २६ गतेका दिन खानीगाउँ ८ बस्ने ताराबहादुर कुँवर र शंकर कुँवरलाई कुटपिट गरेको आरोपमा सोहि गाविस वार्डनम्बर ५ बस्ने २९ बर्षिय राम्जी सुनार सहित ९ जनालाई पक्रेर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पुरानो रिसाईवीले तारा र शंकर कुंवर राम्जी सुनारको समुहले निर्घात कुटपिट गरेको हो । कुटपिटवाट तारा कुँवरको अवस्था चिन्ताजनक रहेको छ ।
उहाँको पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा स्थित मणिपाल अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । राहाले प्रहरी चौकी देवीस्थानका प्रहरी निरिक्षण रामशरण खत्रीका अनुसार दशैँका बेला गाउँमा यूवाहरुको झगडा लिएर बदला लिन वार्ड नम्बर ५ का यूवाहरु खनिएका हुन् । पाङराङ गाविसको सिरकाङबाट भैसी लिएर आउँदै गर्दा खानीगाउँ ४ झकलाकमा तारा र शंकर कुंवरलाई एक्लै देखेर कुटपिट भएको खत्रीले बताउनुभयो । कुटपिट भएपछि राहाले प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्रेको थियो । तर त्यहाँ विवाद मिल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई ल्याइएको हो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

