
|
|
काठमाडौं— भारतको माथिल्लो सदन राज्य सभामा नेपाल छलफल हुनुअघि दिल्ली दौडाहामा रहेका मधेसी मोर्चाका नेताहरुले त्यहाँका विपक्षी सांसदहरुसँग भेटघाट गरेका छन्। भारत सरकारको निमन्त्रणमा दिल्लीमा रहेका उनीहरुले भारतले नेपालमा नाकाबन्दी नगरेको ब्रिफिङ विपक्षीलाई गरेका छन्।
भारतीय जनता पार्टी नेतृत्व सरकारको निमन्त्रणमा दिल्ली पुगेका मोर्चा नेताहरुले सोमबार जनता दलका नेता एवं राज्य सभा सदस्य पवन बर्मासँग भेटघाट गरेका छन्। सांसद बर्मा तिनै व्यक्ति हुन् जसले राज्यसभा नेपालबारे छलफल हुनुपर्छ भनेर ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका थिए।
गत बिहीबार राज्य सभामा बाेल्दै उनले माेदी सरकारले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, इन्धन, औषधि रोकेर नेपालसँगको सम्बन्धलाई बिगारेको एवं नेपाललाई किस्तीमा राखेर चीनको जिम्मा लगाउन खोजेको भनेर सरकारको आलोचना गरेका थिए।
राजेन्द्र महताे र पवन बर्मा
राजेन्द्र महतो, महेन्द्रराय यादब सहितका मोर्चाका नेताहरुले सांसद बर्मासँग भेट गरी भारतले नेपालमा कुनै नाकाबन्दी नगरेको बताए। आफूहरुले अधिकारका लागि असहयोग आन्दोलन गरेको बताउँदै उनीहरुले नयाँ संविधानले रंगका आधारमा तराईमा बस्नेहरुलाई विभेद गरेको भन्दै मोर्चा नेताहरुले बर्मालाई सरकारी कार्यालयमा धर्ना दिएको बताएका थिए। मधेसी नेताहरुले अाफ्नै खर्चमा दशगजामा अान्दोलन गरेको पनि बर्मा समक्ष उल्लेख गरेका थिए।
बिहीबारको राज्य सभा बैठकमा बर्माको ध्यानाकर्षण प्रस्तावको लिखित जवाफ दिँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई हेरचाह गर्न कसैले सिकाइरहनु नपर्ने बताएकी थिइन्। नेपालको संविधान समावेशी नभएको भन्ने भारतको बुझाइसँग राष्ट्रसंघ, अमेरिका, बेलायत पनि सहमत भएको उल्लेख गर्दै उनले त्यसलाई संशोधन गरेर समाधान निकाल्नुपर्ने बताएकी थिइन्। उनले भनेकी थिइन्, 'ओली सरकार संविधान संशोधन गर्न ढिलासुस्ती गरिरहेको छ।'
स्वराजको लिखित प्रस्टिकरणपछि राज्य सभामा भएको नेपाल विषयमाथिको छलफल स्थगित गर्दै तीन घन्टा लामो छलफलमा प्रवेश गरेको थियो। माथिल्लो सदनमा नेपाल विषय पेचिलो रुपमा उठेपछि भारत सरकारको निम्तामा दिल्ली पुगेर मधेसी मोर्चाका शीर्ष नेताहरुले त्यहाँका विपक्षी नेताहरुलाई ब्रिफिङ गरिरहेका छन्।
राज्य सभामा सोमबार नेपालबारे छलफल हुने कार्यक्रम तय भएको छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

