
|
|
काठमाडौं, पुस १२ । नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाइने भएको छ ।
राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन थालिएको अभियानकर्ता रामजी बलामीले जानकारी दिए ।
सो दिन नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न सबैमा आग्रह गरिएको उनले बताए ।
वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता नजोगिएपनि राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
यो अभियानमा देश–विदेश/गाउँ सहर जो–जो जहाँ जहाँ भएपनि सक्दो सहयोग गर्दै अभियान चलाउन आग्रह समेत गरिएको छ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचार–प्रसार गर्न समेत आग्रह गरिएको छ ।
अभियान अन्तर्गत राजधानीको माइतीघरमा हुने कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल अथवा नेपाली टोपी लगाएर बिहान ८ बजे सहभागिता जनाउन सबै देशभक्त नेपालीमा आग्रह गरिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

