
|
|
पुस, काठमाण्डौं ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरेका गएका नेता डा. बाबुरामलाई लिनप्याओवादीको संज्ञा दिएका छन् । १२२ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
बाबुरामको पार्टी परित्याग दक्षिणवादी विसर्जनवाद भएको औल्याउँदै उनले बाबुरामले सधैं नेतृत्वमै आँखा लगाउने खुलासा गरे । ‘लिनप्याओलाई माओले म पछिको अध्यक्ष तपाई नै हो भन्दा दिन रात निन्द्रा लागेन, किनकी लिनप्याओलाई माओ कहिले मर्ने हो र आफु कहिले अध्यक्ष बन्ने हो भन्ने चिन्ताले सताएछ’, उनले भने । अध्यक्षकै लागि उनले माओलाई मार्नेसम्मको योजना समेत बनाए प्रचण्डले भने । माओलाई मार्ने लिनप्याओको योजना अन्तत: असफल भयो र उनी आफै निस्केर सडकमा हिडे र मरे । ‘म नाम लिन चाहन्न, म यति भनेपछि तपाईहरुले बुझ्नुभयो ’ प्रचण्डले भने ।
क्रान्ति निरन्तर जारी रहने बताउँदै उनले मुलुकलाई निकास दिने जिम्मा एमाओवादीको काँधमा रहेको बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

