Home » » हप्तामा तीन पटक यौन सम्पर्क राम्रो

हप्तामा तीन पटक यौन सम्पर्क राम्रो

आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस, विहानको एकपटक आइ लभ यु भन्न पनि आवश्यक

एजेन्सि – हप्तामा तीनपटक यौन सम्पर्क गर्नुहोस र आफ्नो वैवाहिक जीवन स्वस्थ र शुखमयम बनाउनुहोस । हालै गरीएको यक नया“ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो ।
यो अनुसन्धान अनुसार मानिसले आफ्नो वैवाहीक जीवनलाई स्वस्थ्य र शुखमय बनाउनका लागि हप्तामा तीनपटक यौन सम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । ‘यदि तपाई आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।
अनुसनधान अनुसार मानिसहरुले आफ्नो शुखयम वैवाहिक जिवनका लागि हरेक दिन आफ्नो श्रीमान वा श्रीमतीलाई विहानको एकपटक आइ लभ यु भन्न पनि आवश्यक रहेको छ । यसका साथै यदि तपाईले हरेक दिन आफ्नो जोडीलाई कम्तिमा तीनपटक अङ्गालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नु भयो भने तपाईको वैवाहिक जीवन स्वस्थ्य र सुखमय बन्न सक्नेछ ।
यो अनुसन्धानमा तीन हजार भन्दा बढी विवाहित मानिसहरुलाई समावेश गरिएको थियो । उनुसन्धानमा सहभागिहरुलाई वैवाहिक जीवनका वोरमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समुहका वैवाहिक जोडिमा विवाह भएको दिन देखि दुई वर्षसम्म वैवाहिक जीवन वीताएका मानिस सामेल थिए । अनुसनधान पछि अधिकासं मानिसहरुले हप्तामा कम्तिमा तीनपटक यौन सम्पर्क गर्ने गरेको र दैनिक चार पटक चुम्वन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए । जस्मा सवैभन्दा खुसी र स्वस्थ्य जोडी हप्तामा तीनपटक यौन सम्पर्क गर्ने र दैनिक चार पटक आफ्नो जोडिलाई चुम्बन गर्ने मानिसहरु रहेका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}