Home » » यसकारण दुख्छ ढाड-कम्मर, यस्ता छन रोकथामका उपाय थाहा पाउनुहोस्

यसकारण दुख्छ ढाड-कम्मर, यस्ता छन रोकथामका उपाय थाहा पाउनुहोस्

डा. यञ्जन गैह्रे
कम्मर र नसा च्यापिएको कारण र रोकथामका उपायहरु : मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरुको दण्डाकार संरचना हो । यी हड्डीहरुलाई आपसमा ईन्टर-भट्टेब्रल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सहरूलाई बाधेर एउटै लम्ववद्ध दण्ड वनाएर राख्दछ ।
मेरुदण्डमा टाँसिएका मांशपेशीहरुले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । यि ढाडका हड्डीहरुमा स्पाइनल क्यानल नामक लम्ववद्ध प्वाल हुन्छ जसबाट स्पाइनल–कर्ड नामक मुख्य स्नायू नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दायाँ-बायाँ स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल–कर्ड बाट स्पाइनल नर्भहरू (साना स्नायू नसा ) निस्किएका हुन्छन् । यि नसाहरु ढाडको स्पाइनल–कर्ड वाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् ।

यिनै नसाहरु च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । नसा च्यापिने समस्या छुट्टै रोग नभई हाड–जोर्नीका कारण उत्पन्न लक्षण मात्र हो । तर नसामा आइपर्ने समस्यामध्ये कम्मरको नसा थिचिने रोग सामान्यदेखि अति नै पीडादायक हुन्छ ।

ढाड कम्मर दुख्ने कारण:
१ गलत तरिकाले चिजबिजहरु उचाल्नु
२ एक्कासी गरीने कडा व्यायाम
३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४ आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७ लामो समयसम्म कुप्री परिरहनु
८ धेरै गह्रौं वस्तुहरु उचाल्नु
९ गर्भवती अवस्था
१० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।

रोकथामका उपायहरु
१ सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आदि
२ क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३ पानीको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
४ धेरै कमलो बिछ्यौनामा नसुत्ने
५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने ।
६ उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिडौं ।
७ ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ब्याक रेष्टको प्रयोग गर्ने गरौं ।
८. खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेवुलको साहायता लिऔं ।
९. शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौं । विशेषत पेटलाई वढ्न नदिऔं यसले ढाडमा अतिरित्त दवाव दिन्छ ।
१०. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाऔं । हिड्दा ढाडको वेल्ट वा घाटीको कलर लगाऔं ।

ध्यान दिनुपर्ने कुरा
कतिपय नसा च्यापिने समस्यामा शल्यक्रिया आवश्यक पर्छ भनिएको हुन्छ, जुन जोखिमपूर्ण नै रहेको हुन्छ । तर सरल विधिहरु जस्तै– योग तथा प्राकृतिक चिकित्साको वैकल्पिक उपचार प्रयोग गरी अप्रेसनविना नसा च्यापिएको निको गर्न सकिन्छ ।
चिकित्सकलाई देखाउने र आफ्नो रोगको निदान गराई सतर्क हुनुस् । दुखाइ र नसामा सुन्निएको वा चोट लागेको कम गर्न चिकित्सकको निर्देशनमा प्राकृतिक चिकित्सा विधिहरुको प्रयोग गर्नुस् ।
(लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुनुहुन्छ) 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}