Home » » अंग्रेजसँग नझुकेको नेपाली भारतसंग झुक्दैन: मन्त्री रायमाझी

अंग्रेजसँग नझुकेको नेपाली भारतसंग झुक्दैन: मन्त्री रायमाझी

उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले अंग्रेज संग नझुकेका नेपाली भारत संग कुनै हालतमा नझुक्ने बताएका छन् । उनले संघियताको बारेमा प्रस्ट पार्न नसक्दा सिमांकनमा समस्या उत्पन्न भएको बताए।

अर्घाखाँचीको सन्धिखर्कमा आज भएको संविधानको राष्ट्रब्यापी प्रचार कार्यक्रमलाई सम्बोधन गर्दैै एमाओवादीका नेता समेत रहेका रायमाझीले जलस्रोतको धनी देश नेपाललाई लोडसेडिंग मुक्त देश बनाउन उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताए ।

उनले देश तथा विदेसका लगानीकर्ताहरु खोजेर जलबिद्युतको उत्पादन गर्ने काम पहिलो प्राथमिकताका साथ अगाडी बढाउने र उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताए ।

उनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान र देशका सबै बर्ग र जाति विषेशलाई समेटेर बनाएको संबिधान भएको र यसको कार्यन्वयनकालागि काँग्रेस सरकारमा आउनुको विकल्प नभएको बताए ।
तराईको आन्दोलनकारी नेतासँग छलफल भैरहेकाले छिटै समाधान हुने दाबी गर्दै भारतले गरेको नाकाबन्दीलाई सरकारले गम्भिर रुपमा लिएको र भारतसँग शत्रुको जस्तो व्यवहार नभई कुटनीतिक तरिकाले समस्याको हल गर्न सरकार लागि परेको उनले बताए।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}