
|
|
सुतेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्देनौं, तर त्यो दुनियाँको दृश्यहरु हाम्रो सपनामा आउँछन् ।
त्यसैले सपनाको कुराहरु वेवास्ता गर्न नहुने भनिएको छ । चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले । रामायणमा पनि मृत्यु बताउने संकेतबारे लेखिएको छ बाल्मिीकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ । जसले भविष्यको मृत्युको संकेत गरेको हुन्छ । दशरथको मृत्यु भएको दिनको एकदिन पूर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए । चरत भने तेल पिउँदै थिए । उनले कालो कपडा लगाएका थिए, अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाई । दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराजतर्फ बढ्दै थिए ।
मृत्युको संकेतहरु कालो रंग कालो रंगको अर्थ हुन्छ, थाहा नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष । यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले । सर्प सर्प अर्थ लागाउन गाह्रो संकेत हो । फरक–फरक संस्कृति अनुसार फरक फरक धारणा छ सर्पको बारेमा । भयाकन डरको संकेतदेखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर । कालो बिरालो सदियौंदेखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ । कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ ।
कुनै थाहा नभएको कुराबाट तपाईंमा डर पैदा हुँदैछ भन्ने पनि बुझिन्छ । नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले । दाँत झर्नु सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । कालो चरा कालो चरालाई ‘मृत्युको जानकार’ पनि भन्ने गरिन्छ । जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गरेको हुन्छ । बच्चाको स्याहार सपनामा कुनै बच्चालाई स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ ।
डुब्न लागेको मानिसलाई बचाउँदा सपनामा डुब्न लागेको मानिसलाई बचाउँदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाई मृत्युको सजाय दिने मान्यता चलिआएको छ। यात्राको योजना यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जान लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ । यस्तो सपनाले मृत्युलाई संकेत गर्ने मानिन्छ ।
नाच्नु अनि गाउनु सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ । एक्लै पिउनु सपनामा एक्लै बसेर पिउँदै गरेको देखिन्छ भने मृत्यु नजिक आउँदैछ भन्ने बुझिन्छ । रातोपाटी डटकममा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

