Home » » ओली सरकार बोझ भयो, ढाल्नु पर्छ- गोपाल किराती

ओली सरकार बोझ भयो, ढाल्नु पर्छ- गोपाल किराती


१० पुस, काठमाडौं ।

एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुलुककोलागि भार बनेको भन्दै एक सय दिन पुगे पछि सरकार ढाल्ने चेतावनी दिएका छन् ।

राजधानीमा शुक्रवार आयोजित साक्षात्कारमा उनले भने,‘ एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नु पर्छ । यो मुलुकको लागि बोझ भईसकेको छ । ’


क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा किरातीले केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको जानकारी दिदै त्यतीबेला नै अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस भनेर भनेको स्मरण गरे ।

नेपाल र चीनबीच ८ बुँदै महत्वपुर्ण सहमति

उनले मन्त्रीमण्डल विस्तार र मन्त्रालयको विभाजनको भत्र्सना गर्दै कालाबजारी, महंगी, अभाव बढीरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेईज्जती भएको तर्क गरे । उनले भने,‘ म यसको विरोध गर्छु, सबैले यसको विरोध गर्नुपर्छ ।

प्रचण्डको आग्रह ठाकुर र यादवद्वारा अस्वीकार

प्रधानमन्त्री पदलाई बढी बोल्नेलाई खसी पार्ने ठाँउ भएको उल्लेख गर्दै भने,‘ प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिला आकासको तारो झार्छु भन्थे तर सकेनन ।’ किरातीले भने ।

मधेसीले राखेको बहु राष्ट्रिय राज्यको मागप्रति समर्थन जनाउँदै किरातीले त्यो नगरे मधेस विभाजन हुने चेतावनी दिए ।

सुष्मा स्वराजको ट्वीट- छिमेकीसँगको सम्बन्ध यस्तै हुनु पर्छ

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}