Home » » हरि खड्का स्मृति कप टी–ट्वान्टी क्रिकेटको उपाधी धौलागिरी क्रिकेट क्लबले जित्यो

हरि खड्का स्मृति कप टी–ट्वान्टी क्रिकेटको उपाधी धौलागिरी क्रिकेट क्लबले जित्यो

बागलुङ—बागलुङका स्वर्गीय सभासद हरि खड्काको स्मृतिमा आयोजना गरिएको ‘प्रथम हरि खड्का स्मृति कप टी–ट्वान्टी क्रिकेट’प्रतियोगिताको उपाधी धौलागिरी क्रिकेट क्लबले जितेको छ । नेपाल विद्यार्थी संघ, बागलुङले आयोजना गरेको सो प्रतियोगितामा सोमबार भएको फाईनल खेलमा बागलुङ क्रिकेट क्लबलाई १०२ रनले पाखा लगाउँदै धौलागिरीले उपाधी चुमेको हो ।

बागलुङमा पहिलो पटक आयोजना गरिएको ठूलो धन रासी भएको सो प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको धौलागिरी क्रिकेट क्लबले निर्धारीत २० ओवरमा ४ विकेटको क्षतीमा २३८ रनको योगफल तयार ग¥यो ।
धौलागिरीका लागि करण केसीले १४८ रनको म्याच विनीङ पारी खेले । ६२ बलको सामना गरेका उनले १५ छक्का र ११ चौका प्रहार गरे । नेपालको तर्फबाट अन्तराष्ट्रिय क्रिकेटमा बलरको रुपमा खेल्ने केसी यस प्रतियोगितामा भने ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान उत्रिएका थिए ।
धौलागिरीका लागि दिपक कुँवर ३२ र शिव जिसीले २५ रनको योगदान गरेको एम्पायर भिम श्रीषले बताए । आक्रामक ब्याटिङ गरिरहेका करण केसीका सामु निरीह जस्तै देखिएका बागलुङ क्रिकेट क्लबका बलहरु सञ्जय पन्तले २ तथा जिम्मी गुरुङ र अनिल गुरुङले १÷१ विकेट हात पारे । २३९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बागलुङ क्रिकेट क्लब १८.१ ओवरमा १३६ रनमा अल आउट भएपछि धौलागिरीले सहज जीत हात पारेको हो । बागलुङ क्रिकेट क्लबका लागि अनिल गुरुङ र राजन प्राजूले समान ४२÷४२ रन जोड पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा स्कोर जीतका लागि पर्याप्त भएन । बलिङतर्फ धौलागिरीका सन्तोष श्रेष्ठ,मनोज खड्का र कमल रिजालले समान २÷२ विकेट लिए । १४८ रनको तुफानी पारी खेलेका करण केसी म्यान अफ द म्याच भए । प्रतियोगिता भर नै उत्कृष्ट लयमा देखिएका उनले म्यान अफ द सिरीजको उपाधी आफ्नो पोल्टामा पारे । उत्कृष्ट ब्याट्सम्यान शिव जिसी र पवन हमालले उत्कृष्ट बलरको पदक पाए । सो प्रतियोगितामा बागलुङ, पर्वत, म्याग्दी, कास्की, स्याङ्जा लगायत जिल्लाबाट १४ समुहले खेलमा प्रतिस्पर्धा गरेको खेल संयोजक सुजन सापकोटाले जानकारी दिए ।
विजयी समुहलाई सांसद प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्का,ज्ञान कुमरी छन्त्यालले संयुक्त रुपमा नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै सभासद पौडेलले स्वर्गीय हरि बहादुर खड्काले समाज विकासमा पु¥याएको योगदानको स्मरण गर्नु भएको थियो ।
प्रथमलाई ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष खड्क थापाले बताए ।
क्रिकेट प्रतियोगिताको लागि अमेरिकामा रहेका सुमिस खड्काले १ लाख, प्रेम सुवेदीले ५० हजार रुपैयाँ सहयोग गरेका थिए । मोफसलमा रकम उठाएर प्रतियोगिता आयोजना गर्नु निकै सह्रानीय भएको त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियु सभापति समेत रहेका एम्पायर भिम श्रीषले बताए । ‘जिल्लातहमा पनि निकै प्रतिभावाशाली खेलाडी भएको पाएँ,’ उनले भने, ‘क्यानले पनि जिल्ला तहमा क्रिकेटको विकास सघाउनु पर्छ ।’
नेविसंघका अध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेविसंघका उपाध्यक्ष निरमा श्रीष र रामचन्द्र गौतमले गरेका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}