
|
|
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाग्राही संख्या १ करोड २५ लाख पुगेको जानकारी दिएको छ । गत चैत महिनाको तथ्याङ्कले नै टेलिकमका सेवाग्राही संख्या १ करोड २४ लाख ६८ हजार पुगिसकेको जानकारी दिएको हो ।
टेलिकमका अनुसार जिएसएम मोबाइल सेवाका ग्राहक १ करोड ४ लाख ४८ हजार, सिडिएमए सेवाका ग्राहक १३ लाख ५५ हजार तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक ६ लाख ६४ हजार ५ सय रहेका छन् । चैत मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ६२ लाख २३ हजार पुगेका छन् ।
फागुनदेखि चैतसम्म एक महिनाको अवधिमा २ लाख ८४ हजार कुल टेलिफोन ग्राहक थपिएका छन् भने ८९ हजार डाटा सेवाका प्रयोगकर्ता थपिएका छन् ।
इन्टरनेट चलाउने भए टेलिकमको यो सूचना पढ्नुस्ः
WiFI Hotspots प्रयोग गरिरहनु भएको छ ?
विभिन्न स्थानमा वाइफाई हटस्पटमार्फत इन्टरनेट चलाउन सकिन्छ । ती स्थानमा WiFi मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा CDMA पोष्टपेड÷प्रिपेड मोवाइलको म्यासेज बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न सकिन्छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ । साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै रु. १०।– कट्टा हुन्छ ।
नेपालभर रहेका WiFi Hotspots को जानकारी लिनका लागि NT Hotspot Locator नामक Mobile APP उपलब्ध छ । यसको प्रयोग गरेर आफु नजिक रहेका WiFi Hotspots बारेमा थाहा पाउनुका साथै WiFi Hotspots Service Subscribe समेत गर्न सकिन्छ ।
Source tazakhabar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

