
|
|
१ पुस, जनकपुरधाम ।
राष्ट्रपति विद्या भण्डारीले विवाहपञ्चमीको अवसरमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पुगी रामजानकीको पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिले पुजा गरेर पर्किने क्रममा पेट्रोल बम प्रहारभएपछि जनकपुर तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भण्डारी मन्दिरबाट बाहिर जाने बित्तिकै मन्दिरमा पनि ढुङ्गमुढा गरेका छन । सो क्रममा प्रहरीसँग झडप पनि भएको छ । राष्ट्रपति मन्दिरमा बसेको कुर्सीलाई पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
करीब आधा घण्टा मन्दिर परिसरमा विताएकी राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा गरिरहँदा पेट्रोल बम प्रहार भएको बताइएको छ । यद्यपी राष्ट्रपतिको कारगेडमाथि कुनै असर नगरेको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।
राष्ट्रपति जनकपुर आउनु केही घण्टा पहिला देखि नै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, मास, संयुक्त युवा क्लव संघर्ष समिति लगायतले जनकपुरमा प्रदर्शन गरेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

