Home » » ‘दिलवाले’ को कहानी लिक भयो

‘दिलवाले’ को कहानी लिक भयो

१ पुस, एजेन्सी ।
चर्चित सेलिब्रेटीहरुको फिल्म कथा नभए पनि चल्छ । किन भने फ्यानहरु कलाकारहरुलाई हेर्न नै फिल्म हल गैदिन्छन् । पछिल्लो समय बलिउड सेलिब्रेटी जोडी शाहरुख खान र काजोलको फिल्म ‘दिलवाले’ को ब्यापक चर्चा छ ।
नेपालमा अहिले सम्मकै बढी पैसा तिरेर भित्र्याइएको यो फिल्म पर्सी शुक्रबार नेपालका ११० हलमा एकैसाथ रिलिज हुँदैछ ।

रोहित शेट्टीले निर्देशन गरेको यो चलचित्रमा चर्चित कलाकारको भिड नै छ भन्दा पनि हुन्छ । शाहरुख र काजोल सहित जोनी लीवर, बोमन ईरानी, सञ्जय मिश्रा, वरुण शर्मा, कबीर बेदी र विनोद खन्ना जस्ता प्रतिभाशाली कलाकार यो चलचित्रमा छन् ।

के हो त दिलवालेको कहानी ?
दिलवालेको कहानीबारे अनेक अडकलबाजी भैरहेको समयमा यो फिल्म सन् १९९१ मा रिलिज भएको अमिताभ बच्चनको ‘हम’ नामक चलचित्रबाट प्रेरित कथामा आधारित रहेको खुलासा भारतीय मिडियाले गरेका छन् । शाहरुख र उनको टिमले जति सुकै सिक्रेट राख्दा पनि कहानी लिक भएको सञ्चार माध्यमको दावी छ ।

यो चलचित्रमा प्रेमी जोडी जस्ता देखिने काजोल र शाहरुख ग्याङ्ग्स्टरकोरुपमा समेत रहेको उक्त समाचारको दावी छ । शाहरुख खान एक ग्याङ्को डन र काजोल लेडिज ग्याङ्गको डनकोरुपमा रहेको बताइएको छ ।

शाहरुख र काजोलको फिल्म सर्वाधिक महंगोमा भित्रियो नेपाल
दुवै ग्याङ्ग्स्टर बुल्गेरियाबाट भारत आउने र उनीहरुको कहानी अघि बढ्ने बताइएको छ । यो फिल्ममा कति हिंसा प्रयोग भएको छ भन्ने चाँहि अनुमान गर्न मिडियाहरु असफल देखिन्छन् ।

क्या कुल हैं हम-3 को बलिउड इतिहासमै घटिया पोष्टर सार्वजनिक (भिडियो)
फिल्ममा बरुण धवन डन शाहरुख खानको भाइकोरुपमा छ भने उनी हिंसा विरोधीकोरुपमा रहेका छन् । उनी कृति सैननको प्रेममा परेका छन् । यो फिल्ममा रोमान्स शाहरुख र काजोल नभएर वरुण र कृतिकोबीचमा बढी छ । तर शाहरुख र काजोल ग्याङ्ग्स्टर सहित प्रेमको चक्कर समेत चलाउने कलाकार बनेको यो समाचारको दावी छ । यस अघी पनि शाहरुख खान डनको सेरिजमा नकारात्मक भूमिकामा देखिएका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}